१. महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको भागबण्डामा सत्ता गठबन्धनबीच सहमति, तीन महानगरसहित ७ उपमहानगर कांग्रेसलाई दिने निर्णय, पोखराको मेयर र काठमाडौंको उपमेयर एकीकृत समाजवादीलाई । (गठबन्धन दलहरुबीच सहमति)
२. सबै पालिकाहरुमा एक बसपार्क बनाउने जसपाको घोषणा, महानगरमा नगर रेल, सुत्केरी महिलालाई तीन महिनासम्म ३ हजार भत्ता र गाईभैंसीलाई पनि भत्ता दिने राप्रपाको घोषणा। ( बढ्दै निर्वाचन गतिविधि)
३. स्थानीय तहको निर्वाचनमा ठेकेदारलाई उम्मेदवार हुनबाट नरोक्न सर्वोच्च अदालतको आदेश, आफ्नो ठेक्का कारोबार भएको स्थानीय तह बाहेकका अन्य स्थानीय तहमा उम्मेदवार हुनबाट रोक्न नहुने। (सर्वोच्च अदालतको आदेश)
४. श्रीलंकामा प्रहरीद्वारा प्रदर्शनकारीमाथि गोली प्रहार, एक जनाको मृत्यु, १४ जना घाइते, श्रीलंकाका लागि संयुक्त राष्ट्रसंघ, अमेरिका र ईयूका प्रतिनिधिहरूद्वारा घटनाको निन्दा । ( प्रदर्शनकारीमाथि गोली प्रहार)
५. र, लखनऊ सुपर जायन्टस्का कप्तान केएल राहुल र मार्क्स स्टोइनेसलाई जरिवाना, आईपीएलमा मंगलबार रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा लिगको आचारसंहिता गरेको उल्लेख । (राहुल र स्टोइनेसलाई जरिवाना)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।