काठमाडौं- पछिल्लो २४ घन्टामा देशभर ३ हजार ८७७ जनाको नमुना परीक्षण गर्दा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ५२८ जनाको पीसीआर र एक हजार ३ सय ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
बुधबार २५ संक्रमित निको भएका छन्। उक्त अवधिमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। देशभर ३१८ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।