काठमाडौं- नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन्।
बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश समारोहमा उनी एमाले प्रवेश गरेका हुन्। एमाले अध्यक्ष केपी ओलीले टीका लगाई उनलाई पार्टी प्रवेश गराएका हुन्।
नेपाल प्रहरी प्रमुख 'आइजिपी' बन्न नपाएपछि उनले प्रहरी सेवाबाट राजीनामा दिएको घोषणा गरेका थिए। प्रहरी सेवाबाट दिएकाे राजीनामाकाे भने टुंगो लागिसकेको छैन। प्रहरी प्रधान कार्यालयमा सिलवालले बुझाएकाे राजीनामा गृहकाे सम्बन्धित महाशाखामै नपुग्दै उनी एमाले प्रवेश गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।