काठमाडौं– जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलबीच भएको झडपमा करिब १ सय जना घाइते भएको समचारहरुमा उल्लेख छ।
प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार ९० जना घाइतेहरूको जेरुसेलम अस्पतालमा उपचर भएरहेको छ भने अन्य दर्जनौं घाइतेलाई मैदानमा उपचार गरिएको छ। झडपमा रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको जनाइएको छ।
इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।