काठमाडौं- दक्षिण पूर्वी अफ्रिकामा भीषण बाढीमा परि अहिलेसम्म तीन सय भन्दा धेरैको मृत्यु भएको छ।
चार दिनदेखि उक्त क्षेत्रमा भीषण वर्षा भइरहेको छ।
दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले यो विनाशले जलवायु परिवर्तनसँग जुध्न कति जरुरी छ भन्ने देखिएको बताए।
बाढीका कारण हजारौं मानिस प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। ४० हजार भन्दा धेरै मानिस प्रभावित हुँदा कयौं मानिस वेपत्ता रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।