• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कस्तो छ अर्थतन्त्रको वास्तविक अवस्था? हल्ला गरिएजस्तो विकराल नरहेको अर्थविद्को दाबी 

64x64
नेपाल लाइभ बुधबार, चैत ३०, २०७८  १३:३९
1140x725

काठमाडौं– गत सोमबार अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्था सामान्य भएको भन्दै २३ बुँदे सूचांकहरू सार्वजनिक गरे।पछिल्लो समय अर्थतन्त्र संकटको बाटोमा गइरहेको भन्ने अर्थविदहरूको भनाइ गलत रहेको उनको भनाइ थियो। उक्त सम्मेलनमा उनले अर्थतन्त्र संकटमा रहेको नभई गलत हल्ला फैलाइएको दाबीसमेत गरेका थिए। 

‘अहिले दशेको अर्थतन्त्र ठिकठाक छ। बाहिर हल्ला जस्तो बिग्रिएको छैन,’ उनले भने, ‘राजनीतिकरणका लागि गलत हल्ला फैलाइयो।’ यसअघि गत शुक्रबार पनि नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्रका सूचकहरू तुलनात्मक रुपमा सुदृढ रहेको तथा ऋणको ठूलो चाप नरहेको जानकारी दिएका थिए। 

देशको अवस्था सामान्य हुँदाहुँदै अनावश्यक हल्ला फिजाएर नेपाललाई श्रीलंकाको बाटोमा लजान खोज्नेलाई सफल हुन नदिने शर्माको भनाइ थियो। यता चालु आर्थिक वर्षको सुरुवातदेखि नै निरन्तर ओरालो लागेको देशको अर्थतन्त्रका सूचकलाई आधार मान्दै पछिल्लो समय नेपालको अर्थतन्त्र संकटउन्मुख हुँदै गएको’ विषय चौतर्फी चर्चामा छ।

पछिल्लो चर्चासँगै निजी क्षेत्र, विदेशी लगानीकर्ता तथा आम नागरिकमा समेत निराशा छाएको छ। चालु आवका आर्थिक सूचकलाई विगतका वर्षहरूको भन्दा कमजोर रहेको भन्दै सार्वजनिक रुपमै यससम्बन्धी बहस चलिरहेको छ।
यस्तो चर्चाका बीच अर्थमन्त्रालयले विभिन्न नीतिगत उपाय र कार्यक्रमहरू कार्यान्वयन गरिरहेको जानकारी गराउँदै मुलुकको अर्थतन्त्र सामान्य अवगस्थामै रहेको उल्लेख गरेको छ।

विभिन्न छलफल तथा बहसमा अर्थविज्ञहरूले अहिले देशको ढुकुटीमा दवाब देखिएको बताउने गरेका छन्। पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीका अनुसार अहिले नेपालको अर्थतन्त्रमा देखिएको समस्या भनेको बाह्य क्षेत्रको सन्तुलन बिग्रनु, ब्यापार घाटा बढ्नु र विदेशी सञ्चिति ओरालो लाग्नु हो।

चालु आवको सुरुवात (असार मसान्त)देखि नै असन्तुलीत रहेको देशको अर्थव्यवस्था अहिले पनि सुधार हुन नसकेको नेपाल राष्ट्र बैंकले चैत २९ गते सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। चालु आवको आठ महिना बितसिक्दा पनि देशको व्यापार घाटा, विदेशी विनियम सञ्चिति तथा अन्य अर्थतन्त्रका सूचकहरू झनै ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ।

राष्ट्र बैंकका अनुसार अहिले आउने रेमिट्यान्समा गत महिनाको तुलनामा केही सुधार देखिन्छ। तर, गत आर्थिक वर्षको यसैअवधिको भन्दा १.७ प्रतिशत घटेको छ।  अहिले देखिएको अर्थतन्त्रको प्रमुख समस्या भनेको व्यापार घाटा बढ्नु र विदेशी विनियम सञ्चिति ओरालो लाग्नु रहेको क्षत्रीको भनाइ छ। 

राष्ट्र बैंकको तथ्यांकअनुसार देशको विदेशी विनियम सञ्चिति एक महिनामै १७ करोड अमेरिकी डलर रुपैयाँले घटेको छ। यस अवधिसम्म आउँदा देशको ब्यापार घाटा गत आर्थिक वर्षको यसै अवधिको भन्दा ३४.५ प्रतिशतले बढेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कस्तो छ देशको अर्थतन्त्रको वास्तविक अवस्था? 
देशको अर्थतन्त्र सामान्य नरहेको भन्दै विज्ञहरुको भनाइ छ। अहिले सजक हुनुपर्ने अवस्था आएको भन्दै वाणिज्य बैंकहरुले विभिन्न बस्तुको एलसी रोक्ने निर्णय गरेको छ। 

चैत २७ गते नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा तीन पूर्वअर्थमन्त्रीहरूले देशको आर्थिक अवस्था कमजोर हुँदै गएको बताएका थिए। देशको अर्थतन्त्र कमजोर हुनुमा वर्तमान सरकार नै सबैभन्दा ठूलो कारक भएको उनीहरुको आरोप थियो। पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका पालामा सुदृढ अवस्थामै रहेको अर्थतन्त्र कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेपछि बिग्रिँदै गएको पूर्वअर्थमन्त्रीहरूको भनाइ छ। 

पूर्वअर्थमन्त्रीहरू एमाले उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र पूर्वगभर्नरसमेत रहेका एमाले नेता युवराज खतिवडाले वर्तमान सरकारको ध्यान अर्थतन्त्रमा देखिएको समस्या समाधानमा भन्दापनि आफ्नै स्वार्थसिद्ध गर्नमा केन्द्रित रहेको आरोप लगाए। आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको बजेटमाथि खेलवाड गरेर गठबन्धन सरकारले अर्थतन्त्र बिगार्न सुरु गरेको उनीहरूको आरोप थियो। 

गठबन्धन सरकारले एमाले सरकारले ल्याएको लोकप्रिय कार्यक्रम खारेज गरेको उनीहरूको आरोप थियो। अहिलेको सरकारका कारण मूल्यवृद्धि दोब्बर भएको, जथाभावी मूल्यवृद्धि गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने काम भइरहेको, वैदेशिक व्यापारघाटा आकाशिएकोलगायत आरोप एमालेका नेताहरूले लगाएका थिए। 

Xtrem

Xtrem

अर्थतन्त्र अहिले हल्ला गरिएजस्तो विकराल नै भने नरहेको पूर्व अर्थसचिव रामेश्वर खनाल बताउँछन्। ‘अर्थतन्त्र सरकारले भनेजस्तो ठिकठाक अवस्था छैन र बाहिर आएको हल्ला जस्ता श्रीलंककै अवस्थामा पनि पुगेको छैन,’ उनले भने, ‘अहिले सबैले सचेत भएर काम गर्नुपर्ने बेला छ।’ अहिले एक अर्कालाई दोष लगाएर पन्छनेभन्दा पनि पनि सचेत भएर जानुपर्ने अवस्था रहेको उनको भनाइ छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार अहिलेको अर्थतन्त्र स्थिर अवस्थामा रहेको खनाल बताउँछन्। ‘माघ र फागुनको अवस्था हेर्ने हो भने अर्थतन्त्र अतिकति स्थायित्वतर्फ गएको छ। थप नबिग्रेको अवस्था देखिन्छ। अहिलेको अवस्थामा बिग्रिएको भनेको मुद्रास्फिति हो,’ उनले भने, ‘पहिले यो ५.९ प्रतिशत थियो अहिले बढेर ७ प्रतिशत पुगेको छ।’ 

आगामी दिनमा आर्थिक अवस्था सुधार हुने अपेक्षा गर्न सकिने उनको बुझाइ छ। 
 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ । मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्