• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १५, २०८२ Mon, Dec 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कस्तो छ अर्थतन्त्रको वास्तविक अवस्था? हल्ला गरिएजस्तो विकराल नरहेको अर्थविद्को दाबी 

64x64
नेपाल लाइभ बुधबार, चैत ३०, २०७८  १३:३९
1140x725

काठमाडौं– गत सोमबार अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्था सामान्य भएको भन्दै २३ बुँदे सूचांकहरू सार्वजनिक गरे।पछिल्लो समय अर्थतन्त्र संकटको बाटोमा गइरहेको भन्ने अर्थविदहरूको भनाइ गलत रहेको उनको भनाइ थियो। उक्त सम्मेलनमा उनले अर्थतन्त्र संकटमा रहेको नभई गलत हल्ला फैलाइएको दाबीसमेत गरेका थिए। 

‘अहिले दशेको अर्थतन्त्र ठिकठाक छ। बाहिर हल्ला जस्तो बिग्रिएको छैन,’ उनले भने, ‘राजनीतिकरणका लागि गलत हल्ला फैलाइयो।’ यसअघि गत शुक्रबार पनि नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्रका सूचकहरू तुलनात्मक रुपमा सुदृढ रहेको तथा ऋणको ठूलो चाप नरहेको जानकारी दिएका थिए। 

देशको अवस्था सामान्य हुँदाहुँदै अनावश्यक हल्ला फिजाएर नेपाललाई श्रीलंकाको बाटोमा लजान खोज्नेलाई सफल हुन नदिने शर्माको भनाइ थियो। यता चालु आर्थिक वर्षको सुरुवातदेखि नै निरन्तर ओरालो लागेको देशको अर्थतन्त्रका सूचकलाई आधार मान्दै पछिल्लो समय नेपालको अर्थतन्त्र संकटउन्मुख हुँदै गएको’ विषय चौतर्फी चर्चामा छ।

पछिल्लो चर्चासँगै निजी क्षेत्र, विदेशी लगानीकर्ता तथा आम नागरिकमा समेत निराशा छाएको छ। चालु आवका आर्थिक सूचकलाई विगतका वर्षहरूको भन्दा कमजोर रहेको भन्दै सार्वजनिक रुपमै यससम्बन्धी बहस चलिरहेको छ।
यस्तो चर्चाका बीच अर्थमन्त्रालयले विभिन्न नीतिगत उपाय र कार्यक्रमहरू कार्यान्वयन गरिरहेको जानकारी गराउँदै मुलुकको अर्थतन्त्र सामान्य अवगस्थामै रहेको उल्लेख गरेको छ।

विभिन्न छलफल तथा बहसमा अर्थविज्ञहरूले अहिले देशको ढुकुटीमा दवाब देखिएको बताउने गरेका छन्। पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीका अनुसार अहिले नेपालको अर्थतन्त्रमा देखिएको समस्या भनेको बाह्य क्षेत्रको सन्तुलन बिग्रनु, ब्यापार घाटा बढ्नु र विदेशी सञ्चिति ओरालो लाग्नु हो।

चालु आवको सुरुवात (असार मसान्त)देखि नै असन्तुलीत रहेको देशको अर्थव्यवस्था अहिले पनि सुधार हुन नसकेको नेपाल राष्ट्र बैंकले चैत २९ गते सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। चालु आवको आठ महिना बितसिक्दा पनि देशको व्यापार घाटा, विदेशी विनियम सञ्चिति तथा अन्य अर्थतन्त्रका सूचकहरू झनै ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ।

राष्ट्र बैंकका अनुसार अहिले आउने रेमिट्यान्समा गत महिनाको तुलनामा केही सुधार देखिन्छ। तर, गत आर्थिक वर्षको यसैअवधिको भन्दा १.७ प्रतिशत घटेको छ।  अहिले देखिएको अर्थतन्त्रको प्रमुख समस्या भनेको व्यापार घाटा बढ्नु र विदेशी विनियम सञ्चिति ओरालो लाग्नु रहेको क्षत्रीको भनाइ छ। 

राष्ट्र बैंकको तथ्यांकअनुसार देशको विदेशी विनियम सञ्चिति एक महिनामै १७ करोड अमेरिकी डलर रुपैयाँले घटेको छ। यस अवधिसम्म आउँदा देशको ब्यापार घाटा गत आर्थिक वर्षको यसै अवधिको भन्दा ३४.५ प्रतिशतले बढेको छ। 

Ncell 2
Ncell 2

कस्तो छ देशको अर्थतन्त्रको वास्तविक अवस्था? 
देशको अर्थतन्त्र सामान्य नरहेको भन्दै विज्ञहरुको भनाइ छ। अहिले सजक हुनुपर्ने अवस्था आएको भन्दै वाणिज्य बैंकहरुले विभिन्न बस्तुको एलसी रोक्ने निर्णय गरेको छ। 

चैत २७ गते नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा तीन पूर्वअर्थमन्त्रीहरूले देशको आर्थिक अवस्था कमजोर हुँदै गएको बताएका थिए। देशको अर्थतन्त्र कमजोर हुनुमा वर्तमान सरकार नै सबैभन्दा ठूलो कारक भएको उनीहरुको आरोप थियो। पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका पालामा सुदृढ अवस्थामै रहेको अर्थतन्त्र कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेपछि बिग्रिँदै गएको पूर्वअर्थमन्त्रीहरूको भनाइ छ। 

पूर्वअर्थमन्त्रीहरू एमाले उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र पूर्वगभर्नरसमेत रहेका एमाले नेता युवराज खतिवडाले वर्तमान सरकारको ध्यान अर्थतन्त्रमा देखिएको समस्या समाधानमा भन्दापनि आफ्नै स्वार्थसिद्ध गर्नमा केन्द्रित रहेको आरोप लगाए। आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको बजेटमाथि खेलवाड गरेर गठबन्धन सरकारले अर्थतन्त्र बिगार्न सुरु गरेको उनीहरूको आरोप थियो। 

गठबन्धन सरकारले एमाले सरकारले ल्याएको लोकप्रिय कार्यक्रम खारेज गरेको उनीहरूको आरोप थियो। अहिलेको सरकारका कारण मूल्यवृद्धि दोब्बर भएको, जथाभावी मूल्यवृद्धि गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने काम भइरहेको, वैदेशिक व्यापारघाटा आकाशिएकोलगायत आरोप एमालेका नेताहरूले लगाएका थिए। 

अर्थतन्त्र अहिले हल्ला गरिएजस्तो विकराल नै भने नरहेको पूर्व अर्थसचिव रामेश्वर खनाल बताउँछन्। ‘अर्थतन्त्र सरकारले भनेजस्तो ठिकठाक अवस्था छैन र बाहिर आएको हल्ला जस्ता श्रीलंककै अवस्थामा पनि पुगेको छैन,’ उनले भने, ‘अहिले सबैले सचेत भएर काम गर्नुपर्ने बेला छ।’ अहिले एक अर्कालाई दोष लगाएर पन्छनेभन्दा पनि पनि सचेत भएर जानुपर्ने अवस्था रहेको उनको भनाइ छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार अहिलेको अर्थतन्त्र स्थिर अवस्थामा रहेको खनाल बताउँछन्। ‘माघ र फागुनको अवस्था हेर्ने हो भने अर्थतन्त्र अतिकति स्थायित्वतर्फ गएको छ। थप नबिग्रेको अवस्था देखिन्छ। अहिलेको अवस्थामा बिग्रिएको भनेको मुद्रास्फिति हो,’ उनले भने, ‘पहिले यो ५.९ प्रतिशत थियो अहिले बढेर ७ प्रतिशत पुगेको छ।’ 

आगामी दिनमा आर्थिक अवस्था सुधार हुने अपेक्षा गर्न सकिने उनको बुझाइ छ। 
 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन शाहलाई पितृशोक
पोखरामा एमालेले कार्यक्रम बिथोल्न खोजेको सुदन गुरुङको आरोप
आज विराटनगरमा नेकपाको एकता सन्देश सभा
सम्बन्धित सामग्री
साताको पहिलो दिनमै सेयर बजारमा गिरावट बैंकिङ १.०८, विकास बैंक १.०९, फाइनान्स ०.८३, होटल तथा पर्यटन ०.२९, हाइड्रोपावर १.३१, लगानी १.४८, जीवन बीमा १.२० प्रतिशत घटे। त्यस्तै... आइतबार, मंसिर १४, २०८२
लगातार चौथो दिन बढ्यो सेयर बजार, चार कम्पनीको मूल्यमा सर्किट योसहित लगातार चार दिन बजार बढेको छ । विगत चार दिनमा सेयर बजार कुल १०५ अंक बढेको छ । गत बिहीबार २५६० अंकमा रहेको नेप्से आज २६६५ अंकमा... बुधबार, मंसिर १०, २०८२
लगातार तेस्रो दिन बढ्यो सेयर बजार, घट्यो कारोबार आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दै बन्द भएको हो। योसँगै आज २६५६ अंकमा पुगेको छ। मंगलबार, मंसिर ९, २०८२
ताजा समाचारसबै
बालेन शाहलाई पितृशोक सोमबार, मंसिर १५, २०८२
पोखरामा एमालेले कार्यक्रम बिथोल्न खोजेको सुदन गुरुङको आरोप सोमबार, मंसिर १५, २०८२
आज विराटनगरमा नेकपाको एकता सन्देश सभा सोमबार, मंसिर १५, २०८२
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (पूर्णपाठ) सोमबार, मंसिर १५, २०८२
सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा माओवादी नेता अन्सारी पक्राउ सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
पुसको अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस संस्थापन पक्षको तयारी आइतबार, मंसिर १४, २०८२
डिजेल/मट्टितेलको मूल्य घट्यो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्