काठमाडौं– आफ्ना नानीबाबुहरुलाई विद्यालयमा पढाइनेभन्दा बाहिरका विषयका बारेमा पनि जानकार बनाउन चाहनुहुन्छ भने नीमा एकेडेमीले ल्याएको 'जुनियर मेगामाइण्ड' तपाईंहरुका लागि उपयुक्त विकल्प हुनसक्छ।
दूरशिक्षा सँगको सहकार्यमा नीमाले ल्याएको यो प्रोग्रामले नेपालमा विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला, गणित (स्टिम) कोर्षलाई विस्तृत परिचय दिने दाबी गरिएको छ। स्टिम कोर्षले विद्यार्थीहरुलाई पृथक ढंगबाट सोच्न अभिप्रेरित गर्छ।
जनिुनियर मेगामाइण्ड भर्खरै विद्यालय तहमा प्रवेश गरेका र आधारभूत तहमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त ज्ञान सिकाउने अवधारणा भएको नीमा एकेडेमीको दाबी छ। जसमा विद्यार्थीहरू रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्सदेखि कोडिङसम्ममा निपुण हुन सक्छन्।
मेगामाइण्डको अभ्यास विश्वविद्यालयतहसम्म हने गर्छ। तर, अहिले नीमाले सार्वजनिक गरेको पाठ्यक्रम भने कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई मात्र लक्षित गर्दै तयार पारिएको छ। अतिरिक्त ज्ञानको यस्तो अभ्यासमा जोडिएपछि विद्यार्थीहरु कक्षा १० मा पुग्दै गर्दा विभिन्न आविस्कारका गतिला नमूना सार्वजनिक गर्न सक्षम हुनसक्ने नीमा एकेडेमीको दाबी छ।
जनिुनियर मेगामाइण्डले विद्यार्थीहरुमा समस्या समाधान गर्ने क्षमता विकास अभिवृद्धि गर्न, रचनात्मक सोचको विकास गर्न, आत्मविश्वास अभिवृद्धि गर्न, शिक्षण सिकाइलाई जीवनोपयोगी बनाउन तथा कुनै पनि नयाँ विषय, सोच र अवधारणलाई सहजै आत्मसाथ गर्नसक्ने सीपको विकास गर्न मद्दत पुर्याउने पनि कम्नपीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।