काठमाडौं– साताको दोस्रो दिनको कारोबारमा मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। सोमबार ४४.५६ अंकले घटेको नेप्से परिसूचक मंगलबार पनि ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको छ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेको छ।
मंगलबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता सेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको छ। सोमबार २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको सूचक बढेको छ। होटल तथा पर्यटन उपसमूहको सूचक ०.१० प्रतिशतले बढेको छ। त्यस्तै, अन्य उपसमूहको सूचक सबैभन्दा बढी २.३२ प्रतिशतले घटेको छ।
मंगलबार नेप्से सूचक ओरालो लागे पनि नेष्डो लघुवित्त वित्तीय संस्थोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
नेष्डो समृद्ध लघुवित्त सेयरमूल्य १० प्रतिशतले बढेको छ। तर, यता इमर्जिङ नेपा , न्यादी हाइड्रोपावर, घलेम्दी हाइड्रो, राष्ट्र उत्थान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य गिरावट आएको छ।
कारोबार रकमका आधारमा ५ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। त्यस्तै, दोस्रोमा नविल बैंकको ४ करोड ३४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।