नयाँ दिल्ली– दक्षिण भारतका सुपरस्टार नागार्जुनका छोरा नागा चैतन्य र चर्चित अभिनेत्री सामान्था रुथ प्रमुबीच आज लगनगाँठो कसिँदै छ । उनीहरुको विवाहबारे ‘फ्यान’हरु निकै उत्साहित छन्।
नागा चैतन्यले आफ्नो विवाह साधारण हुने र अतिथि पनि निकै कम बोलाएको दाबी गरेका छन् । तर, अति साधारण भनिएको यो वैवाहिक समारोहमा १६ करोड भारु खर्च हुने बताइएको छ।
यी जोडीको २०१४ मा पहिलो फिल्म ‘ये माया चेसाव’ प्रदर्शन भएको थियो । यही फिल्मको दौरान उनीहरुबीच प्रेम सम्बन्ध कायम भएको बताइन्छ । विवाहपछि यो जोडी ४० दिन हनिमुनका लागि निस्किँदै छन्।
शुक्रबारदेखि नै सुरु भएको वैवाहिक समारोह आइतबार सम्पन्न हुनेछ । गोवामा आयोजित समारोहमा परिवार र नजिकका साथीहरु मात्र समावेश हुने बताइएको छ । विवाह हिन्दु र क्रिश्चियन दुवै परम्पराबाट हुँदैछ । रिसेप्सन भने हैदराबादमा राखिएको छ।
पछिल्लो समय पनि फिल्ममा व्यस्त रहँदै आएका दुवैले यही वर्ष विवाह गर्ने निधो गरेका थिए । उनीहरुले कुरा छिन्दा ७ वर्ष अगाडि सार्वजनिक भएको आफ्नो फिल्म ‘ये माया चेसवे’ को शैलीमा एक-अर्कालाई औंठी लगाइदिएका थिए । विवाहमा सामान्था फेसन डिजाइनर क्रेशा बजाजले डिजाइन गरेको लेहंगामा सजिनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।