काठमाडौं– बलेफी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्कासनमा ल्याएको सेयर बाँडफाँट भएको छ। आज (मंगलबार) विहान कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट भएको हो ।
आईपीओमा कुल २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७४० कित्ताको लागि आवेदन दिएका थिए। त्यसमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भएका छन् ।
कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार बाँडफाँट भएको छ। त्यस अनुसार योग्य आवेदकहरुमध्ये गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा १ लाख ६६ हजार ३४५ जनाले सेयर पाएका छन्।
भाग्यमानी तीन जनाले भने ११ कित्तासम्म सेयर पाएकाृ विक्री प्रबन्धकले जनाएको छ।
कम्पनीले चैत १६ देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्कासन गरेकोे थियो।
त्यसमध्ये ७३ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि र १ लाख ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।