• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रदेशको रकम खोसेर व्यापारीसँगको मिलेमतोमा करोडौंको अल्ट्रासाउन्ड र एक्सरे मेसिन खरिदको तयारी

रिता लम्साल मंगलबार, चैत २९, २०७८  ०७:०२
1140x725
प्रतीकात्मक तस्बिर

काठमाडौं- सरकारले निश्चित व्यावसायीसँगको मिलेमतोमा ४३ करोडभन्दा बढी रकम खर्चेर अल्ट्रासाउन्ड र डिजिटल एक्सरे मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माताहतको व्यवस्थापन महाशाखाले १७८ वटा पोर्टेबल अल्ट्रासाउन्ड (यूएसजी) मेसिन र ९ वटा मोबाइल डिजिटल रेडियोग्राफी (डिआर) अर्थात डिजिटल एक्सरे खरिदको प्रक्रिया अगाडि बढाएको हो। 

महाशाखाले सेटिङमा आफू निकटका व्यापारीलाई मिल्ने गरी १७८ वटा यूएसजी ३० करोडभन्दा बढी रकममा र ९ वटा डिआर मेसिन १३ करोड २० लाखभन्दा बढी रकममा खरिद गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ। महाशाखाले हाल बजारमा उपलब्ध हुने यूएसजी र डिआएरको अधिकतम मूल्यभन्दा बढी लागत अनुमान राखेर बोलपत्र आह्वान गरेको छ।

सामान्यतया बजारमा एउटा यूएसजी मेसिनको ११ देखि १२ लाख रुपैयाँसम्म पर्छ। तर महाशाखाले एउट यूएसजीलाई १७ लाख पर्ने गरी लागत अनुमान राखेको छ। यस्तै महाशाखाले अहिले खरिद गर्न खोजेकै जस्ता डिआर बजारमा एउटाको एक करोडदेखि एक करोड १५ लाखसम्म पर्ने देखिन्छ। तर महाशाखाले उक्त डिआर पनि १ करोड ४७ लाखसम्म पर्ने अनुमान निकाल्दै बोलपत्र निकालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, महानिर्देशक डा दिपेन्द्र रमण सिंह र महाशाखाका निर्देशक डा रुद्र मरासिनीले व्यापारिसँगको मिलेमतोमा लक स्पेक (एउटा मात्र व्यापारीको उपकरणसँग मिल्ने गरी सर्तहरु राखेर बनाइएको टेन्डर सूचना) बनाएको महाशाखाकै एक कर्मचारीले जानकारी दिए।

ती कर्मचारीका अनुसार यी उपकरणमा बनाइएको लागत अनुमान मात्र हेर्दा पनि बजार मूल्यभन्दा सोझै ११ करोडभन्दा बढी रकम देखिन्छ। त्यसमाथि कमिसनको कुरा पनि बाँकी रहेको उनले जानकारी दिए।

प्रदेशको रकम खोसेर केन्द्रबाट खरिद प्रक्रिया अगाडि
यी उपकरण खरिदको काम प्रदेशहरुले आवश्यकताको पहिचान गरेर आफैं अगाडि बढाउने तयारी गरेका थिए। तर व्यापारीसँगको मिलेमतोमा मन्त्रालयले कर्णाली प्रदेश र मधेश प्रदेशका सबै १७८ वटै पालिकामा यूएसजी पठाउने भन्दै प्रदेशको काम खोसेर संघीय मन्त्रालयले आफैं अगाडि बढाएको हो। बागमती प्रदेशले भने आफैं प्रक्रिया अगाडि बढाएको छ। 

'प्रदेशमा बजेट जाने देखिएपछि हतार हतारमा संघबाट नै मिलेमतोमा यूएसजी र डिआर खरिद प्रक्रिया अगाडि बढाइएको हो,' स्रोतले भन्यो, 'यी उपकरणहरु खरिदमा मन्त्रीदेखि निर्देशकसम्म व्यापारीसँग मिलेका छन्।'

Ncell 2
Ncell 2
nimb
nimb

न आवश्यकताको पहिचान, न प्रयोगको सुनिश्चितता
खरिद गरिने यी उपकरण पालिकाहरुमा कहाँ कसरी चलाउने र कहाँ कति आवश्यक भन्ने विवरण पनि महाशाखासँग छैन। महाशाखाले हचुवाका भरमा दुवै प्रदेशका पालिकामा यी उपकरण आवश्यक छ भनेर प्रक्रिया अगाडि बढाएको देखिन्छ। ती उपकरण चलाउने जनशक्ति, तालिम तथा पूर्वाधारको अवस्थाका विषयमा समेत महाशाखा अनविज्ञ छ।

कर्णाली प्रदेशका एक कर्मचारीले प्रदेशमा कहाँ कति यूएसजी चाहिने र जनशक्ति कति छ भनेर तयारी गरिरहेको समयमा एकैपटक संघीय सरकारले नै उपकरण किनेर पठाउन लागेको जानकारी पाएको बताए।

'हामीले आवश्यकताको पहिचान र ती उपकरण आएर नथिन्किउन भनेर प्रयोगको सुनिश्चितताका लागि आवश्यक तयारी गरिरहेका थियौं' ती कर्मचारीले भने, 'तर माथिबाट एकैपटक सबै पालिकामा यूएसजी पठाउने भन्ने सुनियो। अब ती उपकरण खरिद भएर आएपछि कति उपकरण त्यसै थन्किने सम्भावना छ।' उनका अनुसार पालिकाका केही स्थानमा यूएसजीका लागि तालिम दिएको भए पनि केही स्थानमा तालिम दिनै बाँकी छ। 

'मधेश प्रदेशमा त अझ तालिम समेत दिइएको छैन। उपकरण चलाउने जनशक्ति र स्थानको पहिचान नभइ एकै पटक किनेर पठाउन खोज्नुको पछाडि कमिसनकै खेल छ,' स्रोतले भन्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महाशाखाका निर्देशक डा मरासिनी भने नेपाल सरकारको नीति अनुसार नै प्रक्रिया पूरा गरेर खरिदको काम अगाडि बढाएको बताउँछन्। उनी यी उपकरणका विषयमा प्रिबिड छलफल नै बाँकी रहेकाले बाहिर उठेका कुराहरु लिखित रुपमा आएमा संशोधन हुन सक्ने बताउँछन्।

उनले मिलेमतोमा एउटा व्यापारीलाई मिल्ने गरी लक स्पेक नबनाएको दाबी गर्दै भने- 'रेडियोलोजिष्टको संयोजकत्वमा बायोमेडिकल इन्जिनियरहरु रहेको बलियो किमिटी बनाएर प्रक्रिया अगाडि बढाएको छौं। यसमा कमिटीले धेरैभन्दा धेरै कम्पनीसँग मिल्ने गरी स्पेकिफिकेसन बनाएका छन्। त्यसैले एउटालाई मात्र मिल्ने भन्नु गलत हो।'

उनले ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत जोखिमपूर्ण गर्भवती पहिचानका लागि गत वर्ष सुदूरपश्चिममा र यो वर्ष कर्णाली र मधेश प्रदेशमा खरिद गर्न लागिएको जानकारी दिए। डिजिटल एक्सरे भने सातवटा प्रादेशिक अस्पताल र दुई वटा संघीय अस्पताललाई उपलब्ध गराउने उनले बताए।

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
सम्बन्धित सामग्री
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने संभावना छ । शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना भइरहेको छ। शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्