काठमाडौं– पासाङल्हामु राजमार्गका स्थानीयवासीको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य सोमबारदेखि पुनः सुरु भएको छ।
पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारले काम सुरु गरेसँगै अवरोध हटेपछि फोहर व्यवस्थापनमा सहज कार्य सुरु भएको हो।
अहिले फोहर व्यवस्थापनका लागि समय निर्धारण गरिएको छ। राति १० बजेदेखि बिहान आठ बजेसम्म मात्र फोहरको गाडी सिसडोल जान पाउने छ।
हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहका फोहर व्यवस्थापन हुन सकेको थिएन।
१० दिनदेखि फोहर बिसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।