काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) शैलेन्द्र खनाल बिदा भएका छन्।
उनले एआईजी पुप्षराम केसीलाइ चार्ज बुझाएर सोमबार नयाँ बानेश्वरस्थित आफ्नो निजी निवास गएका हुन्। खनाल आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन्।
उनले पहिलो नम्बरका एआईजी केसीलाई दिउँसो २ बजे चार्ज बुझाएर सशस्त्र हेडक्वार्टरबाट बिदा भए।
सशस्त्र आईजी खनालको आज राति १२ बजेबाट कार्यकाल सकिए पनि अहिलेसम्म सरकारले नयाँ आईजी बनाउन सकेको छैन।
सशस्त्रमा पुष्पराम केसी र रामशरण पौडेल गरि दुई एआईजी आईजीको प्रतिस्पर्धामा छन्। उनीहरूमध्ये जो आईजी भएपनि जम्माजम्मी २१ दिन अर्थात वैशाख १८ गतेसम्म मात्रै नेतृत्व गर्न पाउने छन्।
उनीहरु दुवै जना आउँदो वैशाख १८ गते ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।