१. गठबन्धन सरकारलाई अर्थतन्त्रको चिन्ता नभएको तीन एमालेका तीन पूर्वअर्थमन्त्रीको भनाइ, स्वार्थसिद्ध गर्न केन्द्रित रहेको आरोप, अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले गलत निर्णय लिएको तर्क । (एमालेका ३ पूर्वअर्थमन्त्रीको भनाइ)
२. एकीकृत समाजवादीले बनायो एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी, उम्मेदवार छनोट गर्न मापदण्ड तय, विद्रोहमा भूमिका खेलेको हुनुपर्ने, वैशाख ८ भित्रमा उम्मेदवारको टुंगो लगाइसक्ने । (एकीकृत समाजवादीले बनायो मापदण्ड)
३. कांग्रेसद्वारा स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरु सिफारिस गर्दा रकम माग नगर्न निर्देशन, कतिपय जिल्ला मातहतका निकायले रकम माग गरेको जानकारीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख । (कांग्रेसको निर्देशन)
४. पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव पारित, सोमबार नयाँ प्रधानमन्त्री छान्नका लागि मतदान हुने, श्रीलंकामा पनि राष्ट्रपति राजापाक्षेविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको चेतावनी । (खानविरुद्धको अविश्वासको प्रस्ताव पारित)
५. र, एएफसी फुटसल एसियन कप छनोटमा नेपालविरुद्ध उज्वेकिस्तानको जित, नेपाल ५–१ गोलअन्तरले पराजित, दोस्रो खेल नेपालले सोमबार ताजिकिस्तानसँग खेल्ने । (नेपालविरुद्ध उज्वेकिस्तानको जित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।