• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गभर्नर 'पदमुक्त गर्ने' जाँचबुझ समितिका संयोजक पूर्वन्यायाधीशको माओवादी 'कनेक्सन'

64x64
दुर्गा दुलाल सोमबार, चैत २८, २०७८  १३:२३
1140x725

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिनका लागि सरकारले बनाएको जाँचबुझ समिति विवादरहित नहुने भएको छ। मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २३ अनुसार सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको थियो। उक्त समितिमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी संयोजक छन्। 

भण्डारी यसअघि नै माओवादी जोडिएको एक मुद्दामा संलग्न भएको, उच्च अदालतबाट सर्वोच्च आउँदा माओवादीकै कोटामा परेको र अर्थमन्त्री जनार्दन शर्माको आफन्त पर्ने भनी आलोचना सुरु भएको छ। अर्थमन्त्री शर्मासँग टसल बढेपछि गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति गठन गरिएको थियो।

समिति गठनपछि अधिकारी निलम्बनमा परेका छन्। देशको आर्थिक अवस्था बिग्रँदै गएको अवस्थामा गभर्नरमाथि भएको कारबाहीको आलोचना भइरहेको छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेले उक्त कारबाही प्रतिशोधयुक्त भएको टिप्पणी गरेको छ। अर्थमन्त्री शर्माले आफ्नो कमजोरी लुकाउन गभर्नरमाथि कारबाही गरेको एमालेको भनाइ छ।

सरकारले गभर्नर अधिकारीमाथि मुख्य रुपमा तीन आरोप लगाएको छ।  राष्ट्र बैंकको सूचना चुहाएको, अर्थतन्त्र उकास्न आफूलाई सहयोग नगरेको र पूर्ववर्ती सरकारतर्फ ढल्केको उनीमाथि आरोप छ। 

मतपत्र च्यातिएको विवादमा न्यायाधीश भण्डारीको 'कनेक्सन' 
भण्डारी सर्वोच्च अदालतमा रहँदा पनि सबैभन्दा चर्चा र विवाद भएको मुद्दा हो भरतपुर प्रकरण। २०७४ साउन १५ गते भएको फैसलाले भरतपुर महानगरको निर्वाचन नतिजा नै उल्टाएको थियो। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको तालमेल थियो। मेयरको प्रत्यासीमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल थिइन्। त्यस्तै एमालेका तर्फबाट देवी ज्ञवाली थिए। 

दुवैका बीचमा झिनो मतान्तर चलिरहेको थियो। महानगरपालिकाको वडा नम्बर १९ मा माओवादी र एमालेबीचमा विवाद सुरु भयो। माओवादी कार्यकर्ताले मतपत्र च्याते। यो विवाद सर्वोच्चसम्म पुग्यो। उक्त विवादमा सर्वोच्चले साउन १५ गते महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्न आदेश जारी गर्‍यो। 

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले फेरि मतदान गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। आयोगमा अयोधीप्रसाद यादव प्रमुख आयुक्त थिए। उनको नेतृत्वमा आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो। 

सर्वोच्चको निर्णयसँगै अधिवक्ता तुलसी पाण्डेसहित त्यही वडाका सदस्य उम्मेदवार गुञ्जमान विश्वकर्माले दायर गरेको रिट निवेदन खारेज भएको थियो। भरतपुरमा ९० वटा मतपत्र च्यातिएको भन्दै वडा नम्बर १९ मा फेरि मतदानको मिति घोषणा गर्न निर्वाचन आयोगले २०७४ जेठमा मुख्य निर्वाचन अधिकृतलाई आदेश दिएको थियो। सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले निर्णय ‘यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश जारी गरेको थियो। 

Ncell 2
Ncell 2

रिट निवेदनमा पुनः मतदानको निर्णय बदर गर्न माग गरिएको थियो। तर, सर्वोच्चले एमालेको उक्त निवेदन अस्वीकार गर्दै निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। तत्कालीन समयमा च्यातिएको मतपत्र विधि विज्ञान प्रयोगशालाबाट परीक्षण गरेर परिणाम निकाल्न सकिने भनेपछि सर्वोच्चले त्यसलाई अस्वीकार गरेको थियो। उक्त समयमा भण्डारीमाथि 'माओवादीनिकट भएको' आरोप लागेको थियो।  

नायक कानुनमन्त्री हुँदा भण्डारीको सर्वोच्च प्रवेश
भण्डारी माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार भएका बेला उनी सर्वोच्च छिरेका थिए। त्यतिबेला माओवादी नेता अजयशंकर नायक कानुनमन्त्री थिए।

उच्च अदालतको मुख्य न्यायाधीश रहेका भण्डारी २०७३ फागुन १८ मा सर्वोच्चको स्थायी न्यायाधीश भएका थिए। कानुनमन्त्री न्यायाधीश सिफारिस गर्ने न्याय परिषद्को सदस्य हुने संविधानको व्यवस्थाअनुसार उनले भण्डारीलाई सर्वोच्च ल्याएका थिए।  २०७३ साउन १९ देखि २०७४ जेठ २३ गते दाहाल प्रधानमन्त्री थिए। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की परिषद्को‌ अध्यक्ष थिइन्। भरतपुरको फैसलापछि भण्डारीमाथि सर्वोच्चको न्यायाधीश बनाइएको गुण माओवादीलाई तिरेको आरोप लागेको थियो। 

स्वार्थ बाझिन्छ कि बाझिँदैन? 
सरकारले गठन गरेको समितिमा बस्ने कि नबस्ने? भनेर सोधिएको प्रश्नमा पूर्वन्यायाधीश भण्डारीले आफूलाई समितिमा राखिएकोबारे हालसम्म जानकारी नआएको प्रतिक्रिया दिए। ‘मैले पनि पत्रपत्रिकाबाट सरकारले गभर्नरविरुद्ध छानबिन समिति गठन गरेको जानकारी पाएको छु’, भण्डारीले भने, ‘पहिला पत्र आओस् अनि निर्णय लिने होला। सरकारले उपयुक्त नै ठानेर गठन गरेको होला नि!’ 

उनले आफ्नो स्वार्थ देखिने वा माओवादीसँगको सम्बन्ध रहेको कुरा पनि अस्वीकार गरे। नेपाल राष्ट्र बैंक ऐनको दफा २३ अनुसार समिति गठन भएकाले यसमा स्वार्थ भन्दा पनि ऐनको व्यवस्थाअनुसार सरकारले गरेको होला भन्ने आफूलाई लागेको उनले बताए। अन्य कुराको बारेमा सरकारले समिति गठन गरेको पत्र आएपछि मात्र प्रतिक्रिया दिने उनले जवाफ दिए। मन्त्रिपरिषद्ले कस्तो कार्यक्षेत्र दिएको छ त्यो हेरेपछि मात्र आफूले काम गर्ने उनको भनाइ छ।

सर्वोच्च अदालतका अर्का पूर्वन्यायाधीश बलराम केसीले सरकारले गठन गरेको उक्त समितिमा न्यायाधीश भण्डारी बस्न नहुने बताए। ‘गभर्नरको छानबिन समितिमा उहाँले बस्नु हुँदैन। उहाँले इन्कार गर्नुपर्छ’, केसीले भने, ‘मेरो १३ दिने दाजुभाइ हैन भन्नु भएछ। यसरी हेर्दा लोग्ने र श्रीमती पनि १३ दिनभित्र पर्दैनन्। यो १३ दिनको प्रश्न होइन। स्वार्थ बाझिने ठूलो कुरा हो। मन्त्र सुनाएको गुरुको पनि बस्नु हुँदैन। मितको पनि बस्नु हुँदैन भन्ने मान्यता छ।’ 

भण्डारी समितिमा बस्दा अनुसन्धान स्वच्छ नहुने केसीको टिप्पणी छ। ‘गभर्नरले काम गर्न सक्नु भएन भनेर कहीँ आएको छैन’, उनले भने, ‘अर्थमन्त्री एक जनाले आरोप लगाएकै भरमा यसरी हटाउन हुँदैन। प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गर्नुपर्छ।’

केसीले तिलक रावलको मुद्दामा सर्वोच्चले आदेश जारी भएपछि राष्ट्र बैंक ऐन आएको सम्झना गर्दै यसरी सहज रुपमा मन लाग्दैमा छानबिन समिति गठन हुने मनसायले ऐन जारी नभएको बताए। उनी रावलको तर्फबाट तत्कालीन समयमा मुद्दा पनि लडेका थिए। उक्त मुद्दामा रावलले जितेका थिए।

‘सहज रुपमा गभर्नर हटाउँदा आर्थिक अवस्थामा अराजकता आउँछ भनेर यो ऐन ल्याएको हो’, केसी थप्छन्, ‘मन्त्री एक जनाले आरोप लगाएर हुँदैन। यो छानबिन समितिको दुरुपयोग हो।’ गभर्नरलाई हटाउनैका लागि निलम्बन गरिएको र सोही अनुकूल समिति गठन गरेको देखिने उनको टिप्पणी छ। 

देशको अर्थतन्त्र डामडोल हुनेतिर गइरहेको अवस्थामा राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने नत्र हस्तक्षेपको सुरुवात हुने उनको बुझाइ छ। अब आउने सरकारहरूले पनि यसैगरी काम गर्ने उनको चिन्ता छ। 

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि... शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार नियोजित समूहले गाडीमा सवार व्यक्तिहरूलाई ओरालेर तोडफोड गरेका होइनन्... शुक्रबार, माघ २, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै जसअनुसार बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्