• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गभर्नर 'पदमुक्त गर्ने' जाँचबुझ समितिका संयोजक पूर्वन्यायाधीशको माओवादी 'कनेक्सन'

64x64
दुर्गा दुलाल सोमबार, चैत २८, २०७८  १३:२३
1140x725

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिनका लागि सरकारले बनाएको जाँचबुझ समिति विवादरहित नहुने भएको छ। मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २३ अनुसार सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको थियो। उक्त समितिमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी संयोजक छन्। 

भण्डारी यसअघि नै माओवादी जोडिएको एक मुद्दामा संलग्न भएको, उच्च अदालतबाट सर्वोच्च आउँदा माओवादीकै कोटामा परेको र अर्थमन्त्री जनार्दन शर्माको आफन्त पर्ने भनी आलोचना सुरु भएको छ। अर्थमन्त्री शर्मासँग टसल बढेपछि गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति गठन गरिएको थियो।

समिति गठनपछि अधिकारी निलम्बनमा परेका छन्। देशको आर्थिक अवस्था बिग्रँदै गएको अवस्थामा गभर्नरमाथि भएको कारबाहीको आलोचना भइरहेको छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेले उक्त कारबाही प्रतिशोधयुक्त भएको टिप्पणी गरेको छ। अर्थमन्त्री शर्माले आफ्नो कमजोरी लुकाउन गभर्नरमाथि कारबाही गरेको एमालेको भनाइ छ।

सरकारले गभर्नर अधिकारीमाथि मुख्य रुपमा तीन आरोप लगाएको छ।  राष्ट्र बैंकको सूचना चुहाएको, अर्थतन्त्र उकास्न आफूलाई सहयोग नगरेको र पूर्ववर्ती सरकारतर्फ ढल्केको उनीमाथि आरोप छ। 

मतपत्र च्यातिएको विवादमा न्यायाधीश भण्डारीको 'कनेक्सन' 
भण्डारी सर्वोच्च अदालतमा रहँदा पनि सबैभन्दा चर्चा र विवाद भएको मुद्दा हो भरतपुर प्रकरण। २०७४ साउन १५ गते भएको फैसलाले भरतपुर महानगरको निर्वाचन नतिजा नै उल्टाएको थियो। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको तालमेल थियो। मेयरको प्रत्यासीमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल थिइन्। त्यस्तै एमालेका तर्फबाट देवी ज्ञवाली थिए। 

दुवैका बीचमा झिनो मतान्तर चलिरहेको थियो। महानगरपालिकाको वडा नम्बर १९ मा माओवादी र एमालेबीचमा विवाद सुरु भयो। माओवादी कार्यकर्ताले मतपत्र च्याते। यो विवाद सर्वोच्चसम्म पुग्यो। उक्त विवादमा सर्वोच्चले साउन १५ गते महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्न आदेश जारी गर्‍यो। 

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले फेरि मतदान गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। आयोगमा अयोधीप्रसाद यादव प्रमुख आयुक्त थिए। उनको नेतृत्वमा आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो। 

सर्वोच्चको निर्णयसँगै अधिवक्ता तुलसी पाण्डेसहित त्यही वडाका सदस्य उम्मेदवार गुञ्जमान विश्वकर्माले दायर गरेको रिट निवेदन खारेज भएको थियो। भरतपुरमा ९० वटा मतपत्र च्यातिएको भन्दै वडा नम्बर १९ मा फेरि मतदानको मिति घोषणा गर्न निर्वाचन आयोगले २०७४ जेठमा मुख्य निर्वाचन अधिकृतलाई आदेश दिएको थियो। सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले निर्णय ‘यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश जारी गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

रिट निवेदनमा पुनः मतदानको निर्णय बदर गर्न माग गरिएको थियो। तर, सर्वोच्चले एमालेको उक्त निवेदन अस्वीकार गर्दै निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। तत्कालीन समयमा च्यातिएको मतपत्र विधि विज्ञान प्रयोगशालाबाट परीक्षण गरेर परिणाम निकाल्न सकिने भनेपछि सर्वोच्चले त्यसलाई अस्वीकार गरेको थियो। उक्त समयमा भण्डारीमाथि 'माओवादीनिकट भएको' आरोप लागेको थियो।  

नायक कानुनमन्त्री हुँदा भण्डारीको सर्वोच्च प्रवेश
भण्डारी माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार भएका बेला उनी सर्वोच्च छिरेका थिए। त्यतिबेला माओवादी नेता अजयशंकर नायक कानुनमन्त्री थिए।

उच्च अदालतको मुख्य न्यायाधीश रहेका भण्डारी २०७३ फागुन १८ मा सर्वोच्चको स्थायी न्यायाधीश भएका थिए। कानुनमन्त्री न्यायाधीश सिफारिस गर्ने न्याय परिषद्को सदस्य हुने संविधानको व्यवस्थाअनुसार उनले भण्डारीलाई सर्वोच्च ल्याएका थिए।  २०७३ साउन १९ देखि २०७४ जेठ २३ गते दाहाल प्रधानमन्त्री थिए। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की परिषद्को‌ अध्यक्ष थिइन्। भरतपुरको फैसलापछि भण्डारीमाथि सर्वोच्चको न्यायाधीश बनाइएको गुण माओवादीलाई तिरेको आरोप लागेको थियो। 

स्वार्थ बाझिन्छ कि बाझिँदैन? 
सरकारले गठन गरेको समितिमा बस्ने कि नबस्ने? भनेर सोधिएको प्रश्नमा पूर्वन्यायाधीश भण्डारीले आफूलाई समितिमा राखिएकोबारे हालसम्म जानकारी नआएको प्रतिक्रिया दिए। ‘मैले पनि पत्रपत्रिकाबाट सरकारले गभर्नरविरुद्ध छानबिन समिति गठन गरेको जानकारी पाएको छु’, भण्डारीले भने, ‘पहिला पत्र आओस् अनि निर्णय लिने होला। सरकारले उपयुक्त नै ठानेर गठन गरेको होला नि!’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले आफ्नो स्वार्थ देखिने वा माओवादीसँगको सम्बन्ध रहेको कुरा पनि अस्वीकार गरे। नेपाल राष्ट्र बैंक ऐनको दफा २३ अनुसार समिति गठन भएकाले यसमा स्वार्थ भन्दा पनि ऐनको व्यवस्थाअनुसार सरकारले गरेको होला भन्ने आफूलाई लागेको उनले बताए। अन्य कुराको बारेमा सरकारले समिति गठन गरेको पत्र आएपछि मात्र प्रतिक्रिया दिने उनले जवाफ दिए। मन्त्रिपरिषद्ले कस्तो कार्यक्षेत्र दिएको छ त्यो हेरेपछि मात्र आफूले काम गर्ने उनको भनाइ छ।

सर्वोच्च अदालतका अर्का पूर्वन्यायाधीश बलराम केसीले सरकारले गठन गरेको उक्त समितिमा न्यायाधीश भण्डारी बस्न नहुने बताए। ‘गभर्नरको छानबिन समितिमा उहाँले बस्नु हुँदैन। उहाँले इन्कार गर्नुपर्छ’, केसीले भने, ‘मेरो १३ दिने दाजुभाइ हैन भन्नु भएछ। यसरी हेर्दा लोग्ने र श्रीमती पनि १३ दिनभित्र पर्दैनन्। यो १३ दिनको प्रश्न होइन। स्वार्थ बाझिने ठूलो कुरा हो। मन्त्र सुनाएको गुरुको पनि बस्नु हुँदैन। मितको पनि बस्नु हुँदैन भन्ने मान्यता छ।’ 

भण्डारी समितिमा बस्दा अनुसन्धान स्वच्छ नहुने केसीको टिप्पणी छ। ‘गभर्नरले काम गर्न सक्नु भएन भनेर कहीँ आएको छैन’, उनले भने, ‘अर्थमन्त्री एक जनाले आरोप लगाएकै भरमा यसरी हटाउन हुँदैन। प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गर्नुपर्छ।’

केसीले तिलक रावलको मुद्दामा सर्वोच्चले आदेश जारी भएपछि राष्ट्र बैंक ऐन आएको सम्झना गर्दै यसरी सहज रुपमा मन लाग्दैमा छानबिन समिति गठन हुने मनसायले ऐन जारी नभएको बताए। उनी रावलको तर्फबाट तत्कालीन समयमा मुद्दा पनि लडेका थिए। उक्त मुद्दामा रावलले जितेका थिए।

‘सहज रुपमा गभर्नर हटाउँदा आर्थिक अवस्थामा अराजकता आउँछ भनेर यो ऐन ल्याएको हो’, केसी थप्छन्, ‘मन्त्री एक जनाले आरोप लगाएर हुँदैन। यो छानबिन समितिको दुरुपयोग हो।’ गभर्नरलाई हटाउनैका लागि निलम्बन गरिएको र सोही अनुकूल समिति गठन गरेको देखिने उनको टिप्पणी छ। 

देशको अर्थतन्त्र डामडोल हुनेतिर गइरहेको अवस्थामा राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने नत्र हस्तक्षेपको सुरुवात हुने उनको बुझाइ छ। अब आउने सरकारहरूले पनि यसैगरी काम गर्ने उनको चिन्ता छ। 

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) दशैं मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा सवारीसाधनको चाप बढेको छ । शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने संभावना छ । शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्