काठमाडौं– २०२२ को अस्कर अवार्ड वितरण कार्यक्रममा एउटा अनपेक्षित घटना भयो। कार्यक्रममा पुरस्कार वितरणका लागि आएका कमेडियन क्रिस रकलाई अभिनेता विल स्मिथले आफ्नी श्रीमतीसँग जोडेर मजाक गरेको भन्दै थप्पड हाने। विश्व चर्चित कार्यक्रमको स्टेजमा भएको यो घटनाले धेरैलाई अच्चमित तुल्यायो।
अस्करको स्टेजमा भएको यो घटनाको विषयमा एकेडेमी मोशल अफ पिक्चर्स आर्टस् एण्ड साइन्सेस् (अस्कर)ले छलफल पनि गरेको छ। जसअनुसार शुक्रबार उक्त छलफलको निर्णय स्वरुप अभिनेता विल स्मिथलाई १० वर्षसम्म अस्करको कार्यक्रममा प्रतिबन्ध लगाइएको छ। अब अभिनेता स्मिथले अस्करको कुनै पनि कार्यक्रममा भाग लिन पाउने छैनन्।
एकेडेमीका अध्यक्ष डेविड रुबिनले यो वर्ष अस्करमा विल स्मिथले क्रिस रकमाथि हानेको थप्पडका कारण यो फैसला लिइएको बताएका छन्। कार्यक्रम आयोजक समितिको ‘बोर्ड अफ गवर्नर्स’ले पनि यो फैसलामा सहमति जनाएको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।