काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का भाइ नारायण प्रसाद दाहाल राष्ट्रिय सभाको सदस्यमा मनोनित भएका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी हुन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनितका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
नेकपा माओवादी केन्द्रको 'कोटा'बाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रिय सभा सदस्य भएका रामनारायण बिडारीको कार्यकाल सकिएपछि राष्ट्रिय सभामा १ सदस्यको पद रिक्त थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।