• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

६३ वर्षअघि दलाई लामाको ‘लङ मार्च’, जसले चिस्यायो चीन–भारत सम्बन्ध

अनुराग भारद्वाज शनिबार, चैत २६, २०७८  १५:४१
1140x725

हिमालयको आधार क्षेत्र वर्षैभरि चिसो रहन्छ। तर, दुनियाँको छत मानिने तिब्बत भने मार्च १९५९ मा त्रासले सरगर्मी बढेको थियो। चिनियाँ सेनाले बौद्ध धर्मालम्बीहरुमाथि दमन गरिरहेको यो। बौद्ध धर्मावलम्बीहरुको सम्बन्ध हिन्दुस्तानसँग जोडिएको थियो। त्यसैले,  त्यो सरगर्मी भारतसम्म आइपुग्ने पक्का थियो। 

प्रसंग दलाई लामाको हो, जो सन् १९५९ मा तिब्बतबाट भारत पुगेर शरण लिएका थिए। र अहिले पनि भारतमै छन्।

केही दिन पहिले खबर आएको थियो, चिनियाँ सरकारले ६० बौद्ध धर्मावलम्बीहरूलाई प्रशिक्षण दिएर तिब्बतमा दलाई लामाको प्रभाव कम गर्ने प्रयास गरिरहेको छ। पछिल्ला १० वर्षदेखि चीनले बौद्ध धर्मालम्बीको धार्मिक गुरु छान्ने प्रक्रियालाई नियन्त्रणमा राखिरहेको छ। चीन चाहन्छ, यो अधिकार ऊसँगै होस्।

हिन्दुस्तानमा बसेका दलाई लामा चिन्तित छन्। आखिर के गर्ने? ३१ मार्च १९५९ मा जब उनी निकै नाटकीय ढंगले मैकमोहन लाइन (चीन र भारतबीचको सीमारेखा) पार गरेर हिन्दुस्तान पुगेका थिए, उनले पक्कै सोचेका थिएनन् कि अब कहिल्यै तिब्बल फर्किन पाउने छैनन्। तिब्बतदेखि तवांगसम्मको १४ दिन लामो उनको यात्रा कुनै चमत्कारभन्दा कम थिएन।

इतिहासले भन्छ, तिब्बल सधैं आक्रमणहरूले पीडित छ। पहिले मंचु र पछि मंगोलहरूले आक्रमण गरेर कब्जा जमाए। जब चीन बलियो भयो, उसले सेना पठाएर तिब्बतमाथि कब्जा गरेको थियो।

चीन कमजोर हुँदा तिब्बतका नागरिकले चिनियाँ सैनिकहरुलाई पछाडि धपाएका थिए। त्यति बेला यी दुई फरक देश थिए। 

२०औं शताब्दीको सुरुवातमा युरोपका देशहरुले विश्वभरि उपनिवेश फैलाइरहेका थिए। रुसीहरू चीनतर्फ बढिरहेका थिए। खतरा महसुस गर्दै हिस्दुस्तानमा कब्जा जमाएका अंग्रेजहरुले सेनाको समूह पठाएर तिब्बतको राजधानी ल्हासामाथि कब्जा जमाए। रुस र अंग्रेजहरुले सन्धि गरे। यो सन्धिमा दुईमध्ये कसैले पनि तिब्बतको आन्तरिक मामिलामा दक्खल नदिने उल्लेख थियो। एसिया महाद्विपमा उनीहरुको उपनिवेशका बीच पनि तिब्बत एक ‘बफर स्टेट’को रुपमा रहन राजी थिए।

तर, तिब्बतको चाहना के थियो भनेर कसैले सोध्न आवश्यक ठानेनन्।

Ncell 2
Ncell 2
nimb
nimb

तिब्बतले आफ्नो चाहना व्यक्त गरेको भए पनि कसले सुन्थ्यो? अमेरिका र युरोपका लागि रुसी जमिनको सामुन्ने उभिने यो संसारकै सबैभन्दा अग्लो छत थियो।

सन् १९५० मा जब चीनले तिब्बतमाथि कब्जा जमायो, तब दक्षिण एसियाको राजनीतिक अवस्थामा सधैंका निम्ति परिवर्तन आयो। जापानदेखि इण्डोनेसिया र श्रीलंकासम्मको क्षेत्रमा रहेका सबै देशहरु चीनसँग त्रसित थिए। सबै देशको नजर हिन्दुस्तानमाथि थियो। जवाहरलाल नेहरूले चीनको यो कदमको निन्दा गरुन् भन्ने सबैको चाहना थियो। जवाहरलाल नेहरू दुविधामा थिए। उनी र उनका सल्लाहकार विके कृष्ण मेनन र चीनका लागि भारतीय राजदूत केउम पनिक्करमाथि चिनियाँ शासक माओत्सेतुङ र चाउ एन लाईको सुक्ष्म प्रभाव थियो। 

जब चिनियाँ प्रधानमन्त्री चाउ एन लाई सन् १९५६ मा भारत आए, तब दलाई लामा पनि उनको साथमा थिए। उनले जवाहरलाल नेहरू समक्ष तिब्बतको स्वतन्त्रताको कुरा गरेका थिए। जवाहरलाल नेहरू सतर्क थिए। उनले चीनलाई रणनैतिक मित्रको रुपमा हेरिरहेका थिए। त्यसैले दलाई लामालाई सम्झाउँदै पूर्ण स्वतन्त्रताको माग छाडेर स्वायत्तताको चाहना राख्न भनेका थिए।

यसबीच भारत र चीनबीच मैकमोहन सीमारेखाको विषयलाई लिएर विवाद सुरु भयो। वास्तवमा सरकार पटेल र जनरल केएस थिमैय्यापछि चीनको वास्तविक अनुहार जवाहरलाल नेहरूको सामुन्ने देखाउने कोही थिएन। मेननले त पाकिस्तानलाई नै आफ्नो ‘नम्बर १ दुश्मन’ भन्ने गरेका थिए। हद त तब भयो, जब सन् १९५० मा चीनले तिब्बतमाथि कब्जा जमाउँदा चीनमै भएका पनिक्करले रेडियोमार्फत खबर पाएका थिए।

Xtrem

Xtrem

सन् १९५७ को एक बिहान चिनियाँ पत्रिका कुंग मिन–जिह–पाओले खबर छाप्यो– ‘दुनियाँको सबैभन्दा उच्च राजमार्ग सिनकियांग–तिब्बत हाईवे निर्माण भएको छ।’ यस समाचारमा उल्लेख भएअनुसार चिनियाँहरु २० भारी ट्रक विभिन्न साधनसहित यसको परीक्षणका लागि तिब्बततर्फ यात्रा गरिरहेका थिए। भारतीय जासुसी संयन्त्रहरु सुस्त भएका थिए। तत्कालीन गृहमन्त्री गोविन्द वल्लभ पन्त पनि केही हदसम्म यसको जिम्मेवार भएको बताइन्छ।

अक्साई चीन क्षेत्रलाई सन् १८४२ मा बेलायतले जम्मु–कश्मीरको हिस्सा भएको घोषणा गरिसकेको थियो। यहाँ बनेको सडकको अर्थ चीन अब भारतको बाटो हुँदै तिब्बतसम्म जान सक्छ भन्ने थियो। जबसम्म भारत सरकार बिउँझियो, निकै ढिलो भइसकेको थियो। चिनियाँ सरकारले किला ठोकेर बार लगाइसकेको थियो। नेहरूले तब पनि कुनै विशेष किसिमको विरोध जनाएका थिएनन्। जम्मु–कश्मीरका केही नक्सा चीन पठाएर आफ्नो दाबेदारी पेश गर्ने काम मात्रै भएको थियो। त्यसपछि भने दुवै देशमा पत्रको आदान–प्रदान सुरु भएको थियो।

जवाहरलाल नेहरूले हरेक कदममा मैकमोहन सीमारेखाको विषयलाई लिएर आफ्नो कुरा राखेका थिए। चीन, जसले एक समय यो सीमा रेखालाई अन्तराष्ट्रिय सिमाना मान्न सुरु गरेको थियो, अब अस्वीकार गर्न सुरु ग¥यो। प्रायः नेहरूको पत्रको जवाफ चिनियाँ नेताहरुले केवल ‘जवाफ’को रुपमा दिएका थिए। जवाफदेहिता थिएन।

२२ मार्च १९५९ मा जवाहरलाल नेहरूले थप एउटा पत्र लेखेर चीनले भारत र तिब्बतको सिमानालाई स्वीकार गर्न नमानेको देख्दा आफूलाई आश्चर्य लागेको बताएका थिए। उनले निकै विस्तारमा नक्सा, सन्धि र दुई देशका प्राकृतिक सप्मारेखा, जुन पहाड र नदीले बनाइएको थियो, जस्ता पुराना प्रमाणहरू पेश गरेका थिए।

तर, चाउ एन लाईले कुनै जवाफ पठाउनुअघि नै दलाई लामा भारत आइसकेका थिए। ल्हासाको अवस्था बिगँ्रदै गएकाले यस्तो भएको थियो। चिनियाँ सेनाले ज्यादती सुरु गरेको थियो।

विरोधमा तिब्बतको खम्पा जनजाति समुदाय विद्रोहमा उठेको थियो। चिनियाँ सरकारले दलाई लामालाई विद्रोह छाड्न र खम्पा विद्रोहीहरूलाई बुझाउन भनेको थियो। दलाई लामाले बुद्धको प्रसंग उल्लेख गर्दै विद्रोहीहरुलाई हिंसा त्याग्ने आग्रह त गरे, तर आफ्ना सैनिकलाई उनीहरुको सामुन्ने उभ्याएनन्। चीनले यसको अर्थ बुझेको थियो। उसले फरक शैलीमा जाने सोच्यो।

चिनियाँ सरकारले दलाई लामालाई बेइजिङ आएर भेट्न भन्यो। साथै, उनलाई आफ्ना सैनिक नल्याउन पनि भनिएको थियो। दलाई लामाका एक अस्ट्रेलियन साथी र सल्लाहकार हेरिच्क हेर्रेरले चीनको चाल बुझे र लामालाई उनी बेइजिङ गएमा सधैँका लागि हिरासतमा लिइने बताए। दलाई लामाकी आमाले ल्हासामा रहेको भारतीय दूतावाससमक्ष गएर रूँदै बचाउन आग्रह गरिन्। 

भारत त्यति बेलासम्म पनि चुपचाप थियो। उसको आफ्नो दुविधाहरु थिए। तर, लामाहरु र खम्पाहरुको सामुन्ने अब कुनै दुविधा थिएन। उनीहरुले फैसला गरे– चाहे जे सुकै होस्, उनीहरु बाँचुन् कि मरुन्, उनीहरुको भगवान दलाई लामालाई चिनियाँहरुले छुन पाउने छैनन्!

हेरिच्क हेर्रेरले दलाई लामालाई सल्लाह दिँदै उनले ल्हासा छोड्नु पर्ने र बौद्ध धर्मको नाल जोडिएको ठाउँमा जानुपर्ने बताए।

१७ मार्च १९५९ को दिन तिब्बत आगोमा जलिरहेको थियो। दलाई लामा र उनको परिवारबाट आमा, एक बहिनी र दुई भाईसँगै केही विश्वस्त सैनिकहरुका साथ भेष बदलेर उनीहरु लामो यात्रामा निस्किए। तिब्बत जलिरहेको थियो। चिनियाँहरु दलाई लामालाई गिरफ्तार गर्न हरसंभव प्रयास गरिरहेका थिए। 

विश्वभर नै चीनको निन्दा भइरहेको थियो। एसियाली देशहरूले भारततर्फ नजर राखेका थिए। तर, जवाहरलाल नेहरूले केही बुझिरहेका थिएनन्।
भारतले एकातर्फ सिमानामा चीनको जबर्जस्ती भोग्नु परिरहेको थियो। अर्कोतर्फ भारत पञ्चशीलको सिद्धान्तले बाँधिएको थियो। तेस्रो कुरा, पाकिस्तान र अमेरिकाको बढिरहेको मित्रताका सामुन्ने ऊ एक्लै थियो।

यो अवस्थामा दलाई लामा भारततर्फ बढिरहेका थिए। उनी दिउँसो चिनियाँ सैनिकबाट बच्न तिब्बतका गाउँमा लुक्थे र राति यात्रा गर्थे। उनी तिब्बतबाट भागेपछि उनको कुनै खबर आएको थिएन। विश्वलाई एकपटक त दलाई लामा लडाइँमा मारिएको आशंका पनि लागेको थियो। सायद, चिनियाँ सैनिक र सरकारले त्यति बेला उनको लाशको खोजी गरिरहेको थियो र यही उनीहरुको गल्ती थियो।

अब ब्रह्मपुत्रअगाडि देखिन सुरु गरेको थियो। लामा परिवार थाकिसकेको थियो। गोली र विस्फोटको आवाज धेरै पछाडि छुटिसकेको थियो। नदीको चौडाइ करिब साढे चार सय मिटर थियो। डुंगा उनीहरूलाई नदी पार गराउन तयार थियो।

दलाई लामाले डुंगामा एउटा खुट्टा राखेर पछि फर्किएर हेरे। तिब्बत देखिएको थिएन। उनको आँखामा हताश देखिन्थ्यो। उनले अर्को खुट्टा पनि डुंगामा राखे। डुंगा चल्न थाल्यो। सबै कुरा पछाडि नै छुट्यो। केही समयपछि बोमडीलाको हवाइ अड्डा देखिन थाल्यो। भारतीय सैनिक उनलाई देखेर झुम्न थाले। दलाई लामा भारत आइपुगेका थिए। यो खबर भोलिपल्ट विश्वभर फैलियो।

दलाई लामा आगमनको असर भने भारतले भोग्नु प¥यो। सन् १९६२ मा चीनले भारतमाथि हमला गर्‍यो। नोबेल मैक्सवेले आफ्नो पुस्तक ‘इण्डियाज् वार विथ इण्डिया’मार्फत जवाहरलाल नेहरूको नीतिहरुका कारण चीन रिसाएर युद्ध सुरु गरेको सार्वजनिक गरे। यसमा भारतले कहिल्यै जवाहरलाल नेहरूलाई माफी दिन सकेन।

स्वीडेनका पत्रकार बेर्टिल लिन्टरले त्यो पुस्तकको जवाफमा अहिले एक नयाँ पुस्तक लेखेका छन्। ‘चाइनाज् वार विथ इण्डिया’ नामक पुस्तकमा उनले भारत नभएर चीन यो युद्धको जिम्मेवार भएको बुझाएका छन्।

माओत्सेतुङको त्यो बेलाको अवस्था नाजुक थियो। चिनियाँ सरकारको नीतिहरुका कारण त्यहाँ भोकमरीको अवस्था आएको र करिब तीनदेखि चार करोड मानिसको मृत्यु भएको थियो। बेर्टिल लिन्टरका अनुसार यो सबैबाट चिनियाँहरुको ध्यान विकेन्द्रित गर्नका लागि माओत्सेतुङले एक बाहिरी दुश्मन खोजेका थिए। त्यही कारण भारतमाथि आक्रमण भएको थियो।

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १५:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला
सम्बन्धित सामग्री
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना... मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी युक्रेनले गरेको लामो दूरीको आक्रमणबाट रुसको कुल तेल प्रशोधन क्षमताको ५१ प्रतिशत प्रभावित भएको दाबी गरेको छ। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्