काठमाडौं– कञ्चनपुरको निर्वाचन क्षेत्र नं–१ का नेपाली कांग्रेसले चुनावी तालमेल नगर्ने बताएको छ।
देशभर सत्तागठबन्धनका दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने केन्द्रको निर्णयको विरोध गर्दै सो क्षेत्रमा कांग्रेसले एक्लै चुनाव लड्न सक्षम रहेको क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायले बताएका छन्।
यसअघि बिहीबार सम्पन्न सत्तारूढ गठबन्धनको जिल्लास्तरीय बैठकले स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको थियो।
जिल्लाको उक्त निर्णयको विपक्षमा रहँदै क्षेत्रीय सभापति र सचिवले जिल्लाको निर्णय अस्वीकार गर्ने भन्दै विज्ञप्ति निकालेका हुन्। उक्त क्षेत्रमा कांग्रेस एक्लै चुनाव लड्न सक्ष रहेको र गठबन्धन आवश्यक नरहेको उनीहरुको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।