काठमाडौं– सरकारले २० देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २० देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
२० देशका लागि सिफारिस भएका व्यक्तिको नाम भने खुलाइएको छैन।
मन्त्रिपरिषद् स्रोतका अनुसार ८ जना 'करिअर डिप्लोम्याट' (परराष्ट्र सेवाका कर्मचारी) र १२ जना 'राजनीतिक नियुक्ति'का राजदूत सिफारिस गरिएको हो।
सत्तारुढ गठबन्धनका दलहरुबीच भागबण्डा मिलाएर राजनीतिक नियुक्तिका १२ राजदूत सिफारिस गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।