काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई दलाल पुँजीवादको प्रतिनिधि भएको आरोप लगाएका छन्। बिहीबार नेपालगञ्जमा एमालेका अगुवा कार्यकर्ता भेलामा चुनावमा गठबन्धनलाई हराउनुपर्ने बताए।
'दलाल पुँजीवादका प्रतिनिधि भनेका को हुन् भने, यिनै पाँच दलीय गठबन्धन हो। यो पाँच दलीय गठबन्धनलाई हराउन सकिएन भने देशी विदेशी प्रतिक्रियावादीका विभिन्न प्रकारका षड्यन्त्रहरु सफल हुन्छन्। र देश फेरि पछाडि पर्नेछ', उनको भनाइ छ।
आफू सरकारबाट हटेको नौ महिनामै अर्थतन्त्र ध्वस्त भएको ओलीले बताए। अर्थतन्त्र ध्वस्त भएकै कारण विकास निर्माणका कामसमेत ठप्प हुने अवस्था आएको उनको भनाइ थियो।
'लगानी गर्ने पुँजी छैन। लगानीकर्तालाई ऋण दिने पैसा बैंकसँग छैन। पैसाको अभाव भएको छ', उनले भने, 'विकास निर्माणका काम ठप्प हुनेछन्। जनतालाई पुर्याउने सेवा सुविधा ठप्प हुनेछ। बाँडिरहेको बृद्धभत्ता पनि पैसाको अभावमा ठप्प हुनेछ', उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।