काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गरेका छन्।
मन्त्रालयमा आज पदभार ग्रहण गर्दै बडूले साना तथा मझौला उद्योग महाशाखा गठन गर्ने र त्यसको छुट्टै नीति निर्माण, ओएण्ड एम अध्ययनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।
यसैगरी मन्त्री बडूले कोरोना महामारीले शिथिल बनेको अर्थतन्त्र पुनःचलायमान हुन थालेको र मुलुकको अर्थतन्त्रसँग जोडिएको मन्त्रालयका तात्कालीक र दीर्घकालीन समस्या एवं चुनौतिहरु सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिए।
उनले आयात र निर्यातको चेन सन्तुलनका लागि तत्कालीक र दीर्घकालीन योजना निर्माण गरेर अघि बढ्ने उनले बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री बडूलाई नयाँ जिम्मेवारी तोकेका हुन्। यसअघि बडू कानुन, न्याय तथा संसदीय मामिला मन्त्री थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।