काठमाडौं- बिहीबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएका गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा–कोइराला) को शपथ दिउँसो २ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय स्रोतले दिउँसो २ बजेका लागि शपथ टुंगो लागेको जानकारी दियो।
बन्दी गैरसांसदका रूपमा मन्त्री बनेका हुन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालनिटक मानिने उनी सोही पार्टीका तर्फबाट मन्त्री बनेका बताइएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई मन्त्री नियुक्त गरेकी हुन्। 'प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री गोविन्द प्रसाद शर्मा (कोइराला) लाई मन्त्री पदमा नियुक्त गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको', राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आएका दिलेन्द्रप्रसाद बडूलाई हाल प्रधानमन्त्रीले सम्हालिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।