काठमाडौं– महासचिव शंकर पोखरेलसिहतका एमाले नेताहरू निर्वाचन आयोगमा पुगेका छन्।
निर्वाचन आयोगले मंगलबार निर्वाचन आचारसंहितामा दलका तर्फबाट प्रतिबद्धता जनाउन आयोजना गरेको कार्यक्रममा हस्ताक्षर नगरेरै फर्किएको एमाले बिहीबार आयोग पुगेको हो।
बिहीबार महासचिव पोखरेलसहित उपमहासचिव एवं निर्वाचन विभाग प्रमुख विष्णु रिमाल, उपप्रमुख निरज आचार्य र कानुन विभागका प्रमुख रमेश बडाल आयोग पुगेका हुन्।
आयोगसँग आफ्ना कुरा राख्ने र त्यसपछि आचारसंहितामा प्रतिबद्धता जनाएर फर्किने नेताहरूले बताएका छन्।
यसअघि मंगलबार केही दलका प्रतिनिधिले होहल्ला गरेपछि तनाबको स्थिति सिर्जना भएको थियो। त्यसपछि एमालेका प्रतिनिधि हस्ताक्षर नगरेर फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।