फाइल तस्बिर
काठमाडौं– नेपाल वायुसेवा निगमको बैंकक–काठमाडौं नियमित उडानमा रहेको न्यारोवडी विमानको टायरमा समस्या देखिएर केही दिन रोकिएको विषयमा छानबिन गर्न लागि उच्च स्तरीय छानबिन उपसमिति गठन गरिएको छ।
अप्रिल एक तारिखमा बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्ने क्रममा विमानको टायरमा प्राविधिक समस्या देखिएको थियो।
टायरमा समस्या देखिएपछि पाइलटको निर्णयमा विमान रोकेर यात्रु तथा कागो निकालेर प्राविधिक चेकजाँच भएको नेपाल वायुसेवा निगमले जनाएको छ।
यस घटनाको अध्ययन, अनुसन्धान गरी प्रतिवेदन बुझाउने गरी निगम व्यवस्थापनले क्वालिटी एस्युरेन्स विभागका निर्देशकको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय छानविन उपसमिति गठन गरेको हो।
उपसमितिले आफ्नो काम सुरु गरिसकेको जनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।