काठमाडौं– पर्दामा ‘आइरनम्यान’को भूमिकामार्फत विश्वव्यापी रुपमा चर्चित रहेका अभिनेता रोबर्ट डाउनी जुनियर लेखकको रुपमा देखिने भएका छन्। अभिनयबाट टाढा रहेका रोबर्टले लेखक थोमर कोसिङटनसँग मिलेर पुस्तक लेख्ने भएका छन्।
रोबर्ट र कोसिङटनले लख्ने पुस्तक वातावरणिय परिवर्तनको विषयमा रहेको छ। ‘कुल फुडः इरेजिङ योर कार्बोन फुटप्रिन्ट वान बाइट एट अ टायम’ नामक पुस्तकमा उनीहरुले वातावरणीय परिवर्तकाका कारण मान्छेले खाने खानामा भएको कार्बोनको असर र त्यसको समाधानको विषयलाई समेट्ने भएका छन्।
पहिलो पटक अभिनेता डाउनीले लेखिरहेको पुस्तकलाई ‘ब्ल्याकस्टोन’ प्रकाशन गृहले छाप्ने भएको छ। उक्त प्रकाशन गृहले सबै किसिमका अधिकारहरु किनिसकेको छ।
पाठक तथा दर्शकले डाउनीको पुस्तकबाट उनले मार्जल सिनेमेटिक युर्निभर्समा आइरनम्यानको भूमिकामा काम गर्दा अपनाएको खानाको पद्दतीको बारेमा पनि थाहा पाउने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।