काठमाडौं– नेपाली सिनेक्षेत्र तथा गीत संगीतका विभिन्न विधालाई समेट्ने ‘नेशनल आर्टिष्ट अवार्ड–२०७९’ हुने भएको छ। मौलिक धारमा रहेका नेपाली सष्ट्रा र सर्जकको सम्मानका लागि अवार्ड कार्यक्रम आयोजना हुन लगेको अवार्डका कार्यक्रम निर्देशक जसबहादुर याक्खाले बताए।
सांगीतिक तथा सम्पूर्ण मनोरञ्जनका क्षेत्रमा नयाँ सर्जक तथा सिर्जनशील सष्ट्रालाई प्रेरणा थप्ने उद्देश्य रहेको आयोजक बताउँछन्। मौलिक कला, संस्कृति, संगीत, चलचित्र, क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत तथा सम्मानित गरिने आयोजक संस्था ‘साहित्य सरोवर मिडिया प्रालि’का कार्यक्रम संयोजक सन्तोष कटवालले बताए ।
अवार्ड जेठ अन्त्यमा प्रदान गरिने आयोजक अध्यक्ष रोशन पोखरेलले बताए। अवार्डका लागि आवेदनको खुला गरिएको छ । आवदेन फारम बैशाख ३० गतेसम्म लिइने आयोजकले बताएको छ।
उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत (तीज, दशैँ तिहार,होली), भेग विशेष (पूर्वेली, काठे, पश्चिमेली) भजन, पप/आधुनिक गायक–गायिका, भाषा–भाषिका गीत, म्युजिक भिडियो मोडलहरुले सहभागिता जनाउन सक्ने आयोजक संस्थाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।