काठमाडौं- अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरुसहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्धहरू लागू गरेको छ।
प्रतिबन्धको सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख बैंकहरु रहेको बीबीसीले जनाएको छ।
युक्रेनमा रुसी आक्रमण जारी रहेको र त्यहाँ सेनाले गरेको अत्याचारबारे समाचारहरु सार्वजनिक भइरहँदा थप प्रतिबन्धहरु घोषणा गरिएको जनाइएको छ।
अमेरिकाले पुटिनका छोरीहरू लक्षित पछिल्ला प्रतिबन्धहरू किन लागू गर्यो भन्ने प्रश्नमा अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनका एकजना वरिष्ठ अधिकारीले 'पुटिनको केही सम्पत्ति उनका छोरीहरूको नियन्त्रणमा रहेको हुनसक्ने' आफूहरूको बुझाइ रहेको बताए।
अमेरिका र ब्रिटेनले सार्वजनिक गरेका पछिल्ला प्रतिबन्ध प्रमुख रुसी बैंक अनि त्यहाँका धनाढ्यप्रति लक्षित रहेको बताइएको छ। रुसको सबैभन्दा ठूलो वित्तीय संस्था स्वीएर बैंकको अमेरिका र बेलायतमा रहेको सम्पत्ति रोक्का गरिएको छ। रुसमा थप ब्रिटिश अनि अमेरिकी लगानीमा पनि प्रतिबन्ध लागू छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।