काठमाडौं– युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले पूर्वी युक्रेनका तीन सहरका बासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न अनुरोध गरेकी छन्।
रुसी सेनाले हमला तीव्र पार्ने त्रासबीच उनले खार्किभ, लुहान्स्क र दोनेत्स्कका बासिन्दालाई सो क्षेत्र खाली गर्न अनुरोध गरेकी हुन्। ‘यो अहिले नै गर्नुपर्छ। किनभने पछि मानिसहरू आगोमा पर्नेछन् र मृत्युको धम्कीको सामना गर्नेछन्,’ उनले भनिन्।
सरकारको अनुरोधपछि ती क्षेत्रबाट सर्वसाधारण नागरिक सुरक्षित क्षेत्रतर्फ जान थालेका छन्। रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वी युक्रेनलाई बनाउने यसअघि नै संकेत गरेको थियो।
रुसी सेना पूर्वी युक्रेनलाई चारैतिरबाट हमला गर्ने योजना बनाइरहेको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।