काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले चालु योजनाहरू छिटो सम्पन्न गर्ने काममा लाग्न सरकारलाई सुझाव दिएका छन्।
पूर्वअर्थमन्त्री समेत रहेका नेता महतले विगतमा नयाँ योजनाहरूको नाममा हल्ला हुने गरेको भन्दै चालु योजनाहरू सम्पन्न गर्ने काममा सरकारले ध्यान दिनुपर्ने सुझाएका हुन्।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले ठूला योजनाहरू अघि बढाउँदा त्यसमा लाग्ने लागत र प्रतिफलको गम्भीर ढंगले विश्लेषण गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
विगतमा ठूलो खर्च गरेर योजनाहरू अघि बढेको भएपनि त्यसले प्रतिफल दिन नसकेको उनको भनाइ थियो। महतले कर्मचारीको दरबन्दी कटौती गरेर भएपनि विकास खर्च बढाउन सरकारको ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।