• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपाली फिल्मलाई दक्षिण भारतीय फिल्मको खतरा कति?

64x64
युवराज भट्टराई बिहीबार, चैत २४, २०७८  ०७:०४
1140x725

काठमाडौं– गत असोजमा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत नेपाली फिल्म हल सञ्चालनमा ल्याउन विदेशी फिल्म नै आवश्यक भएको तर्क अघि सारे। सरकारले कोरोना महामारीका कारण बन्द गरेका सिनेमा हलहरू असोज २१ बाट खुला गरेपछि हलमा नेपाली फिल्म प्रदर्शन हुने छनक देखिएको थिएन। जसकारण गत असार ११ मै अन्तर्राष्ट्रिय रुपमा प्रदर्शनमा आएको हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस–९’लाई नेपाली हलमा प्रदर्शन गरिएको थियो।

केही दिनपछि नेपाली फिल्मको प्रदर्शनको घोषणा त भयो। तर, हलिउड र बलिउड फिल्मको चेपुवामा परेका नेपाली फिल्महरू चल्न सकेनन्। 

दीपकले नेपाली फिल्मप्रतिको चिन्ता देखाएको यो पहिलो पटक थिएन। उनले मुख्यगरी हिन्दी फिल्मलाई लिएर नेपाली फिल्मप्रति चिन्ता देखाउँदै आएका छन्। नाकाबन्दीको समयमा उनले ‘नाकाबन्दीमा पेट्रोल र खाद्य पदार्थ मात्र नभएर, हिन्दी सिरियल पनि होस्, हिन्दी फिल्म पनि होस्’ भन्ने तर्क प्रस्तुत गरेका थिए। उनले नेपालमा मनोरञ्जन पनि शुद्ध नेपाली हुनुपर्ने तर्क अघि सारेका थिए।

उनले मुख्यगरी हिन्दी फिल्मप्रतिको आक्रोश देखाउँदै पटक पटक यस्ता तर्क प्रस्तुत गर्छन्। नेपाली फिल्मलाई सिनेमा हलमा ‘टिक्न’ मुस्किल बनाउने हिन्दी फिल्मलाई बन्द गर्नुपर्ने उनको तर्क समय समयमा देखिन्छ।

पछिल्लो समय दक्षिण भारतीय फिल्मको दबदबा नेपाली फिल्म क्षेत्रमा बढिरहेको छ। दीपकले समयसमयमा पोख्ने आक्रोश अहिले अन्य चलचित्रकर्मीहरूमा पनि देखिएको छ। वैशाख १ बाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’को प्रचारप्रसारमा व्यस्त रहेका फिल्मको निर्माण पक्ष र कलाकारहरूले आफ्नो अन्तर्वार्तामै दक्षिण भारतीय फिल्मप्रति द्वेष पोखिरहेका छन्। सोही दिन प्रदर्शनमा आउने फिल्म ‘केजीएफ २’लाई लिएर ‘ए मेरो हजुर ४’की निर्देशक झरना थापा र मुख्य कलाकार अनमोल केसी तथा सुहाना थापाले आक्रोश पोखिरहेका छन्। 

हिन्दी फिल्म क्षेत्रमा पनि मुख्यगरी बलिउडले लामो समयदेखि नेपाली फिल्ममाथि दबाब सिर्जना गरेको थियो। ठूला बजेट र चलेका कलाकार भएका बलिउडका फिल्म प्रदर्शन हुने मितिमा नेपाली फिल्मको प्रदर्शन हुँदा मिति सार्नेसम्मका घटनाबारे नेपाली फिल्म क्षेत्र जानकार छ। तर, यो परम्परा दक्षिण भारतीय फिल्म क्षेत्रतर्फ पनि विस्तार भएको छ।

पछिल्लोपटक यसको प्रभाव नेपाली फिल्म ‘चपली हाइट ३’को प्रदर्शनका क्रममा देखियो। महामारीपछि बलिउड फिल्म ‘सूर्यवंशी’का कारण दर्शक फिल्म हलसम्म तानिएका थिए। त्यसपछि विस्तारै नेपाली फिल्मको घोषणा मिति सार्वजनिक हुन थालेको थियो। अर्जुन कुमारको लगानीमा बनेको फिल्म ‘चपली हाइट ३’ पुस २ गते प्रदर्शन हुने तोकिएको थियो।

तर, सोही दिन दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको मुख्य भूमिका रहेको फिल्म ‘पुष्पाः द राइज’को प्रदर्शन मिति तय हुँदा र फिल्मलाई नेपालमा पनि ल्याउने भएसँगै अर्जुनले आफ्नो फिल्मलाई पछि सारे। फिल्म पुस १५ का लागि तोकिएको थियो। तर, नेपाली फिल्मसँग जुधेका कारण फिल्म पुस ३० मा मात्रै प्रदर्शन भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्जुनले सामाजिक सञ्जालमार्फत ‘पुष्पा’ रिलिज भएमा आफ्नो फिल्म प्रदर्शन नगर्ने चेतावनीसम्म दिए। तर, पनि ‘पुष्पा’ नेपालमा प्रदर्शन भएको थियो। फिल्म नेपालमा लाग्ने निधो भएसँगै अर्जुनले आफ्नो फिल्मलाई पछि सारेका थिए। पुस २ बाट नेपालमा प्रदर्शन भएको ‘पुष्पा’ले भने बक्सअफिसमा राम्रो व्यापार गरेको थियो।

युट्युबको ट्रेन्डिङ हुँदै सिनेमा घरसम्म
केही वर्ष अघिसम्म युट्युबको ट्रेन्डिङ पेजमा (नेपालको) दक्षिण भारतीय फिल्मको दबदबा हुन्थ्यो। युट्युबअघि भारतीय टेलिभिजन च्यानल ‘सेट इण्डिया’मा दक्षिण भारतीय फिल्मलाई डब गरेर हिन्दी भाषामा ल्याई प्रसारण गरिन्थ्यो। यसरी प्रसारण हुने फिल्म सीमित थिए र पटक पटक दोहोरिने पनि गर्थे।

तर, युट्युब आएसँगै दक्षिण भारतीय कलाकार धनुष, रवि तेजा, विजय देभेरकोण्डा, महेश बाबु, जुनियर एनटीआरजस्ता कलाकारहरूको फिल्मले युट्युबको ट्रेन्डिङ पेज भरिन थाल्यो। दक्षिण भारतीय फिल्मलाई हिन्दी भाषामा डब गरेर राखिएका चलचित्रहरूमा नेपाली दर्शकको पनि उत्तिकै रुचि देखिन्थ्यो। 

भारतीय युट्युब च्यानल तथा फिल्म निर्माण कम्पनी ‘गोल्डमाइन्स’मार्फत दक्षिण भारतीय फिल्महरूलाई हिन्दी भाषामा डब गरी सार्वजनिक गरिन्थ्यो। यी फिल्महरू युट्युबमा रिलिज भएकै दिन ट्रेन्डिङको पहिलो नम्बरसम्म पुग्ने गरेका थिए। पछिल्लो समय ‘आदित्य मुभिज’मा पनि दक्षिण भारतीय फिल्महरू हिन्दी भाषामा डब भएर सार्वजनिक भइरहेका छन्।

विस्तारै हिन्दी फिल्मअन्तर्गतको बलिउडमा पनि दक्षिण भारतीय फिल्महरू रिमेक हुन थाले। जसकारण बलिउडलाई हेरिरहेका नेपाली दर्शकले त्यहाँ रिमेक हुने दक्षिण भारतीय फिल्मतर्फ पनि आफ्नो चासो राख्न थालेका थिए। रिमेकपछि सार्वजनिक भएका ‘राउडी राथोड’, ‘रेडी’, ‘वान्टेड’, ‘दृश्यम’, ‘कविर सिंह’जस्ता बलिउडका फिल्महरू बक्सअफिसमा धमाका मच्चाउन सफल त भए। तर, यी फिल्मका मुल कथा भने दक्षिण भारतीय फिल्मकै थियो।

केही वर्षअघि दक्षिण भारतीय फिल्महरूमध्येमा हिन्दीमा डब भएको ‘मघधिरा’ नेपाली दर्शकमाझमा पनि निकै चर्चित थियो। एसएस राजमौलीको निर्देशनमा बनेर २०१० मा प्रदर्शनमा आएको अल्लु अर्जुन अभिनित यो फिल्मलाई युट्युबमा सार्वजनिक भएसँगै  नेपाली दर्शकले निकै रुचाएका थिए। 

२०१५ मा राजमौलीकै निर्देशनमा बनेको फिल्म ‘बाहुबली’ प्रदर्शनमा आउँदा फिल्मले दक्षिण भारतीय फिल्मको दबदबालाई थप विस्तार गर्‍यो। उनको फिल्मसँगै भारतका मात्रै नभएर नेपाललगायतका देशका दर्शकहरूले पनि दक्षिण भारतीय फिल्मलाई मुख्य मनोरञ्जनको श्रोतको रुपमा हेर्न थालेका थिए। सहज र निःशुल्क रुपमा युट्युबमा सार्वजनिक हुने यी फिल्महरू हिन्दी भाषामा डब हुने भएकाले भाषिक रुपमा पनि नेपाली दर्शकलाई बुझ्न सहज थियो भने मनोरञ्जनात्मक रुपमा पनि यी फिल्महरू बलिउडकाभन्दा फरक र पृथक हुन्थे। 

‘बाहुबली’को प्रदर्शनपछि दक्षिण भारतीय सिनेमामा मात्रै सीमित रहेका प्रभासको क्रेज नेपालमा पनि बढेको थियो। दक्षिण भारतीय अन्य कलाकारहरूसँगै अभिनेत्रीदखि कमेडियनसम्मको क्रेज नेपालमा व्यापक बन्दै गयो। युट्युब हुँदै दक्षिण भारतीय फिल्महरूले नेपाली सिनेमा हलमा पनि स्थान बनाउन थाले। ‘बाहुबली’का निर्देशक राजमौलीको सोही फिल्मको दुई भाग सार्वजनिक हुँदा उनी भारतकै सबैभन्दा चर्चित निर्देशक बनिसकेका थिए। २०१८ मा प्रदर्शनमा आएको अर्को फिल्म ‘केजीएफ च्याप्टर’को कथा र प्रस्तुतिले पनि दक्षिण भारतीय फिल्मलाई थप विस्तारित गर्‍यो।

अहिले हेर्दा नेपाली फिल्म हलसम्म दक्षिण भारतीय फिल्मले आफ्नो यात्रा तय गरिसकेको छ। पछिल्लो पटक ‘पुष्पा’ सार्वजनिक हुँदा नेपाली फिल्मकर्मीमा देखिएको त्रास यसैको उपज हो। ‘पुष्पा’पछि ‘वलिमै’, ‘राधेश्याम’ र हालसालै प्रदर्शनमा आएको ‘आरआरआर’ पनि नेपाली फिल्महलमा प्रदर्शन भएको छ। नेपाली फिल्मले महिनाभरको प्रदर्शनबाट आम्दानी गर्नेभन्दा धेरै रकम यी फिल्महरूले केही दिनमा कमाएका छन्। पछिल्लोपटक प्रदर्शनमा आएको ‘आरआरआर’ले नेपालमा दुई दिनमै दुई करोड कारोबार गरेको थियो। 

बढ्दै दबदबा, नेपाली फिल्म कति खतरामा?
‘चपली हाइट ३’को प्रदर्शन मिति दक्षिण भारतीय फिल्म ‘पुष्पाः द राइज’ प्रदर्शन हुने भएसँगै सारेका अर्जुन कुमारले सामाजिक सञ्जालमार्फत नेपाली फिल्मको समय सकिएकोसम्म भनेका थिए।

नेपाली हरर फिल्म ‘कठपुतली’मा पनि ‘पुष्पा’को प्रभाव देखिएको थियो। ‘पुष्पा’ प्रदर्शन भएको तेस्रो हप्तामा प्रदर्शन भएको ‘कठपुतली’लाई मल्टिप्लेक्समा ठाउँ पाउनेदेखि दर्शकलाई तान्न हम्मेहम्मे परेको थियो।

वैशाख १ बाट प्रदर्शनमा आउने ‘ए मेरो हजुर ४’को प्रदर्शनको विषयलाई लिएर फिल्मको निर्माण पक्ष आफूहरू दक्षिण भारतीय फिल्मसँग नडराउने बताइरहेका छन्। तर, फिल्म क्षेत्रका जानकारहरूका अनुसार सोही दिन प्रदर्शनमा आउने ‘केजीएफ च्याप्टर २’ले दर्शकलाई बढी तान्ने अपेक्षा गरिएको छ।

दक्षिण भारतीय फिल्मको दबदबा केही समयअघिको बलिउडको भन्दा व्यापक रुपमा नेपाली फिल्म क्षेत्रमा परिरहेको छ। दर्शकलाई सिनेमा हलमा तान्ने मात्रै नभएर नेपाली फिल्मलाई नै विस्थापन गर्ने स्तरमा यी फिल्मको दबदबा देखिएको छ। दर्शकले नेपाली फिल्मप्रतिभन्दा बढी अन्तर्राष्ट्रिय र त्यसमा पनि दक्षिण भारतीय फिल्मप्रति रुची देखाउँदा नेपाली फिल्म खरतामा परेको निर्माता तथा फिल्मकर्मी अर्जुन कुमार बताउँछन्। 

अर्जुन आफूले ‘चपली हाइट ३’को प्रदर्शनको समयमा यो विषय उठाउँदा कोही नबोलेको सम्झिन्छन्। दर्शकले आफ्नो रुचिले फिल्म हेर्ने  र बढी विदेशी फिल्मप्रति निर्भर भएकाले यो अवस्था आएको उनको तर्क छ। उनी भन्छन्, ‘म एक्लै बोल्दा कोही बोलेन्। हामीले बनाएको फिल्म कतैबाट प्रभावित थिएन। तर, अहिले अरुबाट सिन ल्याएकाहरू आफ्नो फिल्मसँग अरु फिल्म जुध्नेमा कराइरहेका छन्। यस्तोमा नेपाली फिल्म खरतामा परिहाल्छ।’

उनी दर्शक र फिल्मकर्मीलाई उत्तिकै जिम्मेवार मान्छन्। एकातिर दर्शकमा नेपाली फिल्म हेर्नुपर्छ भन्ने बुझाई नभएको र फिल्मकर्मीहरूले आफ्नो कथाभन्दा बढी राष्ट्रवाद बेच्न खोज्दा यो अवस्था आएको बताउँछन्। भन्छन्, ‘नेपाली फिल्म पनि राम्रा छन्। तर, हल्ला गर्नेहरूका फिल्मले यी राम्रो फिल्महरूलाई छाँयामा पारेको छ। यसैको असर हो।’

बलियो र मौलिक सिनेमा नभएपछि खतरा
फिल्मकर्मी अविरल थापा भने नेपाली फिल्मलाई नेपाली चलचित्रबाटै खतरा भएको बताउँछन्। उनी नेपालमा बन्ने ९० प्रतिशत चलचित्रमा मौलिकता नभएको बताउँछन्। भन्छन्, ‘न अरुको जस्तो छ न हाम्रो जस्तो छ। त्यसो भएपछि दर्शक हलमा गएर हेरिरहनै परेन। जबसम्म हामीले आफ्नो मौलिक कथामा चलचित्र बनाउँदैनौं, तबसम्म दर्शकले मज्जा लिँदैनन्। किनकी दर्शकले हलिउड, बलिउड र दक्षिण भारतकै गज्जब चलचित्र विभिन्न माध्यमबाट हेर्न पाइरहेका छन्।’

उनी नेपाली सिनेमाको बाटो त्यो नभएकाले यहाँ स्तरीय सिनेमा बन्न नसक्ने र बजार निर्माण र विस्तार पनि गर्न नसकिने बताउँछन्। आफ्नो सिर्जना बलियो र मौलिक हुन नसकेपछि सबैबाट खतरा हुने बताउँछन् थापा।

‘जुन देशको चलचित्र विकास बोर्ड फिल्मको लेबी उठाएर चल्छ। त्यसले नेपाली चलचित्रको रक्षाका लागि के काम गर्छ?,’ उनी प्रश्न गर्छन्। विकास बोर्डले विदेशका घघडान सिनेमाको खुल्ला आयात र प्रदर्शनलाई रोक्नै नचाहने र सानोतिनो इच्छा शक्तिले त्यो रोक्ने हिम्मत कसैसँग नभएकाले यस्तो भएको उनी मान्छन्।

‘हलवाला भनेको व्यापारी हुन्। जे चलाए नाफा हुन्छ त्यो चलाउँछन्,’ उनी भन्छन्, ‘तर, वर्षमा यति वटा मात्र विदेशी सिनेमा ल्याउन पाउने र नेपाली चलचित्रका लागि यतिवटा शो चाहिँ एक हप्ताका लागि अनिवार्य छुट्याउन पर्ने भन्ने नीति ल्याउन सक्यो भने राम्रा नेपाली चलचित्र मारमा पर्ने थिएनन् र एक हप्तापछि पनि दर्शक गएनन् भने आफूले बनाएको चलचित्रमै दम रैनछ भनेर चित्त बुझाउने बाटो हुन्छ।’

थापा अरुको फिल्मबाट खतरा भयो भनेर रोइलो गरेर बस्नुभन्दा आफू बलियो र मौलिक सिनेमा बनाउनेमा लाग्नुपर्ने बताउँछन्। उनी ‘वाहियात’ बनेका चलचित्रहरू डुब्नुपर्ने मत राख्दै भन्छन्, ‘छेऊ न टुप्पोको सिनेमा बनाउन निर्माताहरू कसरी तयार हुन्छन्, छक्क पर्छु म त। सबैले पहिला आफ्नो अनुहार र नियत सफा बनाउने हो र सचेत भएर चलचित्रमा आउनुपर्छ। नत्र राम राम भन्नुको विकल्प छैन।’

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्