काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सवैले आ-आफ्नो ठाउँमा लचिलो हुन सिक्नुपर्ने बताएका छन्।
बुधबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरिसकेको भन्दै सबैले लचिलो हुन सिक्नुपर्ने बताएका हुन्।
'हामीले चुनावमा पनि गठबन्धन लिएर जाने निर्णय गरिसक्यौं। सवैले आफ आफ्नो ठाउँमा लचिलो हुन सिक्नुपर्छ। त्याग गर्ने मानसकिता बनाउन सकियो भने असम्भव हुँदैन' प्रचण्डले भने।
देशलाई छिटो भन्दा छिटो समाजवादउन्मुख राज्यतर्फ लैजान मिलेर जान आवश्यक रहेको उनको भनाइ थियो।
भरतपुरलाई आर्थिक समृद्धि र सामाजिक न्यायको मोडेलका रुपमा अघि बढाउनुपर्ने उनले बताए। भरतपुर महानगरपालिकामा विकासको गति पैदा भएको बताउँदै प्रचण्डले थपे, 'मेयर र उपमेयर र अरु जनप्रतिनिधिले जुन विकासको लहर सृष्टि गर्नुभएको छ। महानगरपालिकालाई धन्यवाद।'
सवैले इमानदारितका साथ हातेमालो गर्नुपर्ने उनले बताए। सहकार्यबाट नै शान्ति, संघीय लोकतान्त्रिक गणनन्त्र प्राप्त गरेको प्रचण्डको भनाइ थियो। आफू सहकार्य गर्ने मामलामा सधैं अगाडि रहेको बताउँदै उनले शान्ति सम्झौता, संविधान निर्माण र गतवर्ष संविधान जोगाउन लागि परेको स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।