काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार तुरुन्तै नढले देश बर्बादीतर्फ जाने बताएका छन्।
नेपाल उद्योग व्यवसायी महासंघको राष्ट्रिय अधिवेशनको बुधबार उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्।
ओलीले तरलताको अभाव देखिएको भन्दै अहिले आर्थिक गतिविधि ठप्पन भएको बताए। ‘यो सरकार तुरुन्तै ढलेन र जति दिन रहन्छ त्यति दिन देशलाई झन बर्बादीतर्फ धकेल्छ,’ उनले भने, ‘फल कुहिए जस्तै यो सरकार पनि कुहिसकेको छ अब झर्न मात्रै बाँकी छ।’
एमालेले सरकार ढाल्ने कोशिस नै नगर्ने भन्दै त्यसतर्फ अहिले आफूहरुले ध्यान नभएको बताए। ‘हामीले पनि सरकार ढाल्ने कोशिस नै गर्दैनौं। ढालेको बात पनि नलागोस् आफैं ढलोस् भन्ने चाहन्छौं। हामी अहिले चुनावमा ध्यान दिइरहेका छौं,’ उनले भने।
उनले एमालेले भोटको राजनीति नभइ विकासको राजनीति गर्ने भन्दै देशका लागि काम गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।