काठमाडौं– नेकपा (एमाले) निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा प्राडा दिनेशचन्द्र देवकोटा चयन भएका छन्।
हालै सम्पन्न १०औं राष्ट्रिय अधिवेशनले उनको अध्यक्षतामा १३७ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतरूपमा चयन भएको हो।
डा देवकोटा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्।
कमिटीको उपाध्यक्षमा क्रमशः विधान आचार्य, प्रा कामानन्द देव, कविता लुइँटेल, डा दीपेन्द्र भण्डारी र राधा अधिकारी, महासचिवमा गजेन्द्र थपलिया, उपमहासचिवमा गोविन्दबहादुर शाही र सुशील विक, सचिवमा क्रमशः कृष्णकुमार लम्साल, डा सुन्दर तिवारी, ऋषि खनाल, टीका ढकाल, डा दीपेन्द्र श्रेष्ठ, डा अर्जुन सिंह र यज्ञ शर्मा तथा कोषाध्यक्षमा गोपीकृष्ण न्यौपाने चयन भएका छन्।
अधिवेशनको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।