काठमाडौं– धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) पुन: माओवादी केन्द्रमै फर्किएका छन्।
सोमबार केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुगेर एमाले प्रवेश गरेका डल्लाकोटी २४ घण्टा पनि नबित्दै पुन: माओवादी केन्द्रमै फर्किएका हुन्। एमाले प्रवेशको विषयलाई उनले आफूभित्र आएको क्षणिक आक्रोश र आवेगको रुपमा अर्थ्याएका छन्।
मंगलबार एक विज्ञप्ति जारी गर्दै डल्लाकोटीले भनेका छन्, 'म भित्र क्षणिक आक्रोश र आवेगमा आइ राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गइ समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर रुपमा आत्माआलोचना गर्न चाहन्छु र आगामी दिनमा नेपाल कम्यनिस्ट पार्टी (माओवादी केन्द्र) मा रही पार्टीको निर्णयअनुसार निरन्तर क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।