काठमाडौं– बलिउडको चर्चित प्रेमिल जोडी रणवीर कपुर र आलिया भट्ट अन्नतः विवाह बन्धनमा बाँधिने भएका छन्। प्रेम सम्बन्धको विषयले समेत लामो समयदेखि चर्चामा रहेका आलिया र रणवीरबी अप्रिल (यहि महिना)को दोस्रो हप्ता वैवाहिक बन्धनमा बाँधिने भएका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार आलिया र रणवीरले अप्रिल दोस्रो हप्ता विवाह गर्दैछन्। उनीहरुको विवाह अप्रिल १३ देखि १७ तारिखसम्म चल्ने बताइएको छ।
आलिया र रणवीरले ‘ब्रह्मास्त्र’ फिल्मको छायांकनको क्रममा भेटिएसँगै डेट गर्न सुरु गरेका थिए। सार्वजनिक रुपमा भने उनीहरु पहिलोपटक बलिउ अभिनेत्री सोनम कपुरको विवाहको कार्यक्रममा देखा परेका थिए। उनीहरुले सँगै काम गरेको फिल्म ‘ब्रह्मास्त्र’ यहि वर्ष सेप्टेम्बरमा प्रदर्शनमा आउने भनिएको छ।
व्यक्तिगत जीवनसँग सम्बन्धित कुरालाई खासै चर्चाको विषय बनाउन नचाहने यी दुई कलाकारको विवाहमा उनीहरुका साथीभाइ र आफन्त उपस्थित हुने बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुको विवाह मुम्बईमा हुनेछ।
रणवीर आफैंले विवाहका लागि आफ्नो पूर्खाहरुको घर आरके हाउस छानेका छन्। रणवीरका बुबाआमा ऋषि कपुर र नितु कपुरको विवाह पनि २० जनवरी १९८० मा यहीँ भएको थियो। जसकारण रणवीरले पनि आलियासँग मुम्बईको चेंबुरस्थित आरके हाउसमा नै विवाह गर्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।