काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले रेल फाइदाजनक भए पनि नेपाल समस्यामा नपरोस् भन्नेमा सचेत हुनुपर्ने बताएका छन्। मंगलबार काठमाडौंस्थित चोभारमा रहेको सुख्खा बन्दरगाह उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले रेल बनाउन धेरै खर्च लाग्ने बताए।
'यहाँ केही कुरा उठेको छ, रेल आवश्यक छ भन्ने। रेलको आवश्यकता छ, तर रेल बनाउन धेरै खर्च लाग्न सक्छ', उनको भनाइ छ, 'त्यसैले कुनै दातृ राष्ट्रसँग वा दातृ संस्थाहरुसँग हामीले एकदमै सस्तो ब्याजदरमा होस् वा 'ग्रान्ट'मा होस्, त्यो भयो भने हामीले रेल (ल्याउँछौँ)।'
उनले रेल धेरै फाइदाजनक कुरा भएको भए पनि महंगो भएर फेरि देशनै समस्यामा नपरोस् भन्नेतर्फ सोच्नुपर्ने बताए।
'व्यापारघाटा बढेको बढ्यै छ। त्यसकारण यसमा ध्यान पुर्याउनुपर्छ भन्ने लाग्छ। यस सम्बन्धमा हामी सबै साथीहरुसँग सल्लाह गरेर के गर्नुपर्छ, गर्छौं', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।