काठमाडौं– बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘केजीएफ २’को चर्चा अहिले सिनेक्षेत्रमा छाएको छ।
२०१८ मा प्रदर्शनमा आएको फिल्मको पहिलो भाग ‘केजीएफः च्याप्टर १’को सफलतासँगै फिल्मको दोस्रो भागलाई लिएर दर्शकहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन्। हालसालै फिल्मको ट्रेलर सार्वजनिक हुँदा यसको चर्चा थप चुलिएको छ।
भारतीय सञ्चारमाध्यमकाअनुसार फिल्मको दोस्रो भाग अर्थात ‘केजिएफ २’को क्लाइमेक्समै फिल्मको निर्माण पक्षले ठूलो बजेट खर्च गरेका छन्। फिल्म कुल सय करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको बताइएको छ। जसमध्ये २५ करोड भारतीय रुपैयाँ फिल्मको क्लाइमेक्सकै दृश्य खिच्नमा खर्च गरिएको छ।
फिल्मको पहिलो भाग कम बजेटमा बनेपछि व्यापारिक हिसाबले निकै सफल भएको थियो। फिल्म कुल ८० करोड भारतीय रुपैयाँमा बनेको थियो भने फिल्मको प्रदर्शनपछि फिल्मले २ सय ५० करोडभन्दा धेरै आम्दानी गरेको थियो।
तर, दोस्रो भाग ‘केजीएफ २’मा भने फिल्मकर्मीले पहिलोभन्दा धेरै बजेट खर्च गरेका छन्। यो फिल्म बनाउनमा सय करोड भारतीय रुपैयाँ खर्च भएको छ। जसमध्ये फिल्मको अन्तिममा रहेको क्लाइमेक्सकै दृश्यमा मात्रै २५ करोड भारतीय रुपैयाँ खर्च भएको छ।
फिल्मको पहिलो भागको सफलतासँगै दोस्रो भागलाई लिएर दर्शकमा उत्साह बढेको छ। फिल्मका निर्देशक प्रशान्त नीलले क्लाइमेक्समा २० मिनेटको दृश्यलाई समेटेका छन्। यो दृश्य खिच्दा करिब २५ करोड खर्च भएको छ। फिल्मको क्लाइमेक्स दृश्य हैदराबादमा ७ दिनसम्म खिचिएको थियो।
फिल्ममा यश र सञ्जय दत्त मुख्य भूमिकामा छन्। फिल्ममा पहिलो भागमा कोलार गोल्ड फिल्ड पुगेको रकीको कथालाई निरन्तरता दिदैं दोस्रो भागमा प्रस्तुत गरिएको छ। फिल्ममा यश र सञ्जयसँगै श्रीनिधि शेठ्ठी, रविना टण्डन, अनन्त नाग, प्रकाश राजलगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।