काठमाडौं- सत्ता गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा स्थानीय तह निर्वाचन तालमेल अनुगमन समिति बनाउने निर्णय गरेको छ। पालिकास्तरमै तालमेलको प्रक्रिया सुरु भइसकेकाले त्यसलाई हेर्ने गरी संयन्त्र बनाइएको हो।
उक्त समितिमा पाँचै दलका नेताहरु रहनेछन्। पाँचै दलका पालिकाका प्रमुखहरुलाई त्यहाँको अवस्थाबारे यथार्थ विवरण लिएर तालमेलको ढाँचा सिफारिस गर्न यसअघि नै भनिसकिएको छ।
‘तालमेलको कुरा स्थानीयस्तरमा भइरहेको छ। यो संयन्त्रले त्यसको अनुगमन गर्नेछ,’ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने।
कोको छन् सदस्य?
कांग्रेसबाट-गगन थापा र ज्ञानेन्द्र कार्की
माओवादी केन्द्रबाट- देव गुरुङ र वर्षमान पुन
एकीकृत समाजवादीबाट- वेदुराम भुसाल र विजय पौडेल
जसपाबाट- अशोक राई र रेणुकुमारी यादव
राष्ट्रिय जनमोर्चाबाट- हिमलाल पुरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।