काठमाडौं– पब्लिक कम्पनीमा रूपान्तरण भएको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ।
पूर्वघोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधाले सम्पन्न ८ तले भवन निर्माणको काम थाल्ने भएको हो।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार अत्याधुनिक भवन निर्माणको काम आगामी वैैशाख १ गतेदेखि विधिवत रुपमा सुरु हुनेछ।
सोमबार अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्ट्रक्सन प्रालिसँग सम्झौता समेत गरेको छ। सम्झौतामा नर्भिक अस्पतालका तर्फबाट संचालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह र निर्माण कम्पनीको तर्फबाट डाइरेक्टर अरविन्दकुमार झाले हस्ताक्षर गरेका छन्।
नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधा सम्पन्न हुने अध्यक्ष सिंहले जानकारी दिए। उनका अनुसार १ लाख ६५ हजार स्क्वायर फिटमा आधुनिक भवन तयार हुनेछ।
निर्माण सुरु भएको एक वर्षभित्रमा भवन तयार गरिसक्ने निर्माण कम्पनीले लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।