फाइल तस्बिर
काठमाडौं– सत्तारूढ गठबन्धनको बैठक आज (मंगलबार) बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बस्न लागेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने एक नेताले बताए।
आजको बैठकमा स्थानीय तहमा हुने चुनावी तालमेलको मोडालिटी टुंग्याउने गरी छलफल हुने एक नेथताको भनाइ छ।
यसअघि चैत १७ गते बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।