• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३१, २०८२ Fri, Oct 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश प्रमुख हटाउने विषय : सरकारले सूचना लुकाउन खोजेको हो?

64x64
नेपाल लाइभ शुक्रबार, असार २२, २०७५  १०:३५
1140x725

काठमाडौं- बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयको आधिकारिक पूर्ण विवरण अझै सार्वजनिक भएको छैन। बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गते यता नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तर्गतका प्राधिकरण, संस्थान, परिषद, बोर्ड, समिति आदिमा मन्त्रिपरिषद् तथा मन्त्रिस्तरबाट भएका सबै किसिमका राजनीतिक नियुक्ति एवं मनोनयन खारेज गर्ने निर्णय गरिएको छ।’ 

यो थोक निर्णयमा कुन-कुन कार्यालयका कुन-कुन पदका को-को व्यक्ति परे भन्ने स्पष्ट जानकारी सरकारबाट आएको छैन। कतिपयले निर्णय थाहा नपाएर आफ्नो कामलार्इ निरन्तरता दिन खोजेपछि थाहा पाए भने, कतिपयले निर्णय थाहा पाएको र निर्णयमा चित्त नबुझेको भनेर राजीनामा पनि दिइसके। 

मन्त्रिपरिषद्‌को निर्णय सार्वजनिक गर्ने एउटा निश्चित पद्दति रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताएका छन्। उनले मन्त्रिपरिषद्‌को निर्णय उपलब्ध गराउने विषयमा भने, '७२ घन्टाअघि मन्त्रिपरिषद्‌को निर्णय परिपक्व हुँदैन। ७२ घन्टा नपुगी मन्त्रिपरिषद्‌को निर्णय सार्वजनिक गर्न मिल्दैन। प्रवक्ताले जे-जे कुरा बाहिर ल्याउनु भएको छ, त्यसकै आधारमा समाचार बनाउनुहोस्।'

हरेक मन्त्रिपरिषद्‌को बैठकपछि सरकारका प्रवक्ता बाहिर निस्किएर सञ्चार माध्यमसामु भएका निर्णय सुनाउने परम्परा छ। बुधबार राति पनि प्रवक्ता गोकुल बास्कोटाले सरकारका निर्णयबारे सञ्चार माध्यमलाई जानकारी गराएका थिए। तर, निर्वाचन आचारसंहिता लागू भएपछि देउवा सरकारले नियुक्त गरेका को-को र कतिको नियुक्ति बदर भयो भन्ने तथ्यांक भने आएन।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वको अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेजीको निर्णय विधिको उल्लंघन भएको टिप्पणी गर्दै सरकार स्वेच्छाचारी ढंगले अगाडि बढेको र द्वन्द्वका लागि प्रतिपक्षलार्इ खुल्ला आमन्त्रण गरेको प्रतिक्रिया दिएको छ। कांग्रेसले बुधबारको मन्त्रिपरिषद् बैठकका सबै निर्णयमाथि आपत्ति जनाए पनि विशेष गरेर 'प्रदेश प्रमुख'को सम्बन्धमा भएको निर्णयले विशेष चासो र चर्चा पाएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ मा ७ प्रदेशका प्रमुखहरुको नियुक्ति गर्ने निर्णय गरेको थियो। बुधबारको बैठकले २०७४ भदौ यताका नियुक्तिका सबै निर्णय खारेज गर्ने निर्णय गरेपछि सञ्चार माध्यमले स्वभाविक चासोका रुपमा प्रदेश प्रमुखहरुको विषय उठाउने नै भयो। 'प्रदेश प्रमुखको नियुक्तिको निर्णय पनि खारेज भएको हो?' भन्ने सञ्चार माध्यमको प्रश्नमा कानुनमन्त्री शेरबहादुर तामाङले बुधबारको मन्त्रिपरिषद्‌ बैठकले प्रदेश प्रमुखहरुको नियुक्ति खारेजी गर्ने निर्णय गरेको बताउँदै ती ठाउँमा नयाँ व्यक्ति नियुक्त हुने बताए। 

सञ्चार माध्यममा कानुनमन्त्री तामाङको भनाइमा आधारित समाचार आएको केही समयपछि प्रदेश प्रमुखको नियुक्ति र पदावधि समाप्त हुने प्रक्रियाबारे चर्चा सुरु भयो। नेपालको संविधानको धारा १५६ मा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्था उल्लेख गरिएको छ- प्रदेश प्रमुखले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा, निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलार्इ पदमुक्त गरेमा र निजको मृत्यु भएमा। यी तीन अवस्थामध्ये अहिले सरकारले प्रदेश प्रमुख हटाउन प्रयोग गर्न सक्ने विधि भनेको 'पदावधि समाप्त हुनुअगावै राष्ट्रपतिले निजलार्इ पदमुक्त गरेमा' भन्ने हो। तर, यो प्रावधान पनि निरपेक्ष रुपमा प्रयोग हुन सक्ने देखिँदैन। के कति कारणले हटाउनु परेको हो उचित जवाफ दिन सक्नुपर्छ।

अर्कोतर्फ राष्ट्रपतिले सोझै पदमुक्त गर्ने पनि होइन। संविधान बमोजिम राष्ट्रपतिले गर्ने सबै काम मन्त्रिपरिषद्‌को सल्लाह र सिफारिसमा हुनेगर्छ। त्यसकारण प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय मन्त्रिपरिषद्‌ले गर्न सक्दैन। उसले पदमुक्त गर्नका लागि उचित कारणसहित राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्छ र राष्ट्रपतिले त्यो सिफारिस कार्यान्वयनका लागि स्वीकृति प्रदान गरेपछि निर्णय भएको मानिन्छ र लागू हुन्छ। 

Ncell 2
Ncell 2

कतिपय अवस्थामा सरकारले गरेका सिफारिस राष्ट्रपतिले तत्काल कार्यान्वयन नगरेर अड्काएर राख्ने गरेको विगतमा नजिर छन्। त्यसमाथि सरकार र राष्ट्रपति फरक दलबाट निर्वाचित भए त प्रक्रिया झनै लम्बिने गरेको थियो। अहिलेको सरकारलाई त्यो समस्या भने छैन, किनकि राष्ट्रपति फरक पार्टीबाट छैनन्। 

कानुनमन्त्री शेरबहादुर तामाङले प्रदेश प्रमुखहरुको पद खारेजी गर्ने निर्णय भएको बताएको केही समयपछि प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रदेश प्रमुखलार्इ हटाउने निर्णय नै नभएको दाबी गरे। उनले भने, ‘कानुनमन्त्रीज्यु झुक्किनुभएको रहेछ, प्रदेश प्रमुखहरुलार्इ हटाउने निर्णय भएको छैन।’

मन्त्रिपरिषद्‌ले गरेको निर्णयमा मन्त्रिपरिषद्‌कै एक सदस्य झुक्किए भन्ने कुरा विश्वासयोग्य थिएन। सरकारकै जिम्मेवार व्यक्तिहरुबाट एउटै विषयमा फरक-फरक भनाइ आउनु शंकापूर्ण नै छ। 

प्रदेश प्रमुखहरुका सम्बन्धमा संवैधानिक र कानुनी प्रक्रिया पुर्याटएर निर्णय भएको बताउनुपर्नेमा थोक निर्णयमा त्यो पनि परेको बताएर सरकार आलोचित भएपछि बचाउ गर्न प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अघि सरेको देखिन्छ। जबकि, मन्त्रिपरिषदकै अन्य सदस्यलार्इ उदृत गर्दै प्रदेश प्रमुखहरु पदमुक्त भएको समाचारहरु आइरहेका छन्। 

गोरखापत्र दैनिकको आज (शुक्रबार) प्रकाशित अंकमा कानुनमन्त्रीलार्इ नै उदृत गर्दै ‘मन्त्रिपरिषद् निर्णयः प्रदेश प्रमुख पनि हट्ने’ शीर्षकमा समाचार छ। समाचारमा भनिएको छ, ‘बुधबारको मन्त्रिपरिषद्को निर्णय ७ वटा प्रदेशका प्रदेश प्रमुखको हकमा समेत लागू हुने कानुनमन्त्री शेरबहादुर तामाडले जानकारी दिनुभयो। उहाँले प्रदेश प्रमुखहरुको नयाँ नियुक्तिका लागि प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिनुभयो।’

समाचारमा अगाडि भनिएको छ, ‘मन्त्री तामाङले भन्नुभयो- प्रदेश प्रमुखहरुको खारेजीको प्रक्रिया अन्यको भन्दा लामो हुनेछ, त्यसैले उहाँहरुको हकमा मन्त्रिपरिषद्‌को निर्णय तत्काल लागू हुँदैन। उपयुक्त समय र प्रक्रिया पुर्यापएर प्रदेश प्रमुखहरुको हकमा बुधबारको मन्त्रिपरिषद्‌को निर्णय लागू हुनेछ।'

'प्रदेश प्रमुखहरु हटाउने निर्णय भएको छैन' भन्ने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको भनाइ आइसकेपछि प्रकाशित गोरखापत्रको यो समाचारले 'प्रदेश प्रमुख हटाउने निर्णय भएको' दाबी गरेको छ। आजका अन्य केही पत्रपत्रिकामा पनि प्रदेश प्रमुखहरु हटाउने निर्णय भएको समाचार आएका छन्। यसरी एउटै निर्णयमा फरक-फरक सूचना आएपछि देखिएको अन्योल चिर्न सरकारले आधिकारिक रुपमा सही र यथार्थ जानकारी दिने प्रयास गरेको छैन। 

आजै एक पत्रिकामा प्रकाशित समाचारमा प्रदेश प्रमुखको नियुक्ति प्रवाभित हुन्छ कि हुँदैन भनी सोधिएको प्रश्नमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले ‘प्रदेश प्रमुखको नियुक्ति छुट्टै सन्दर्भ र कानुनी प्रक्रियाबाट भएको हो। यसको निर्णय लिन पनि छुट्टै कानुन आकर्षित हुन्छ,' भनेका छन्।

संवैधानिक र कानुनी प्रक्रिया पुर्‍याउनेतर्फ लाग्नुपर्नेमा हचुवाका भरमा प्रदेश प्रमुखहरुलार्इ हटाउने निर्णय भएको बताउनु, आलोचना हुनासाथ खारेजीको प्रक्रिया अन्यको भन्दा लामो हुने भएकाले केही समयपछि कार्यान्वयन हुन्छ भन्नु र जिम्मेवार पदाधिकारीहरुको मत बाझिनु लज्जास्पद विषय हो। यसले प्रदेश प्रमुखहरु हटाउने निर्णय विधिसम्मत नभएको आलोचना आएपछि सरकारले अल्मल्याएर सूचना लुकाउने प्रयास त गरिरहेको छैन भन्ने शंका गर्ने ठाउँ छोडेको छ। जतिसक्दो चाँडो यो विषयमा सरकारले आधिकारिक रुपमा मन्त्रिपरिषद्‌मा के निर्णय भएको हो सार्वजनिक गरी जनमानसमा उत्पन्न भ्रम चिर्नुपर्छ। नभए सरकारले सूचना लुकाउन खोजेको ठहरिनेछ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०७५  १०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई
सामोआविरुद्ध नेपालले दियो २१२ रनको विशाल लक्ष्य
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
सामोआविरुद्ध नेपालले दियो २१२ रनको विशाल लक्ष्य शुक्रबार, असोज ३१, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
नयाँ पार्टी बनाउने मिराज ढुंगानाको घोषणा, वार्ता समिति गठन शुक्रबार, असोज ३१, २०८२
बेपत्ता छानबिन आयोगका सचिवको सरुवा शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्