काठमाडौं– इन्टरनेट सेवा प्रदायक भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेटसँगै साओमीको मि डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्।
योजनाअन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट सित्तैमा पाउनेछन्। त्यस्तै ९० दिनभित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा–फाई प्याक रिफर गरे तीन महिनाको इन्टरनेटसँगै मि डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन्।
रिफरल इनामका लागि योग्य हुन ग्राहकले रिफर गरेको व्यक्तिले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्ने बताइएको छ। कम्पनीका अनुसार ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउनेछन्।
ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लगइन गरी आफ्नो फ्री इन्टरनेट दाबी गर्न सक्नेछन्।
कम्पनीले प्रत्येक हप्ता मि डुअल ब्याण्ड राउटर पाउन सफल रिफररहरूलाई आफ्नो इनाम संकलन गर्न सम्पर्क गर्नेछ।
भायानेटले नेपालका सबैजसो मुख्य सहरहरूमा इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ।
कम्पनीको अल्ट्रा–फाई लाइनअप अन्तर्गत १७५ एमबीपीएसको इन्टरनेटसँगै २ ओटा भायाटिभीहरू पनि उपलब्ध छन्। यसको मूल्य रू. १२५० प्रति महिना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।