• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
क्लासिक कथा

ती दुई निर्दोष आँखाहरू

रमेश विकल शनिबार, चैत २६, २०७८  १४:३९
1140x725

तीन पुगेर चार मात्र लागेको छ ऊ। फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन।

तर, ऊ पहाडको किसानकै छोरा हो। किसान पनि अर्धकिसान। पश्चिम पहाडमा एउटा सानो गाउँ थियो, गर्भे। त्यसैको पुछारमा एउटा सानो झुप्रोमा उसको बाबु बिर्खे अर्फ बिर्खबहादुर र आमा दिलमाया दुःखजिलो गरी बसेका थिए। तर, पहाडमा मारकाट चल्न थालेपछि उनीहरू मैदानतिर झरेर एउटा सानो सहरनजिकै गाउँमा बस्न थालेका थिए।

बिर्खबहादुरको उमेर घर्किइनसकेकाले, केही गर्ने हिम्मत अझै थियो उसमा। ऊ नजिकैको सहरमा साहूहरूको भारी बोक्छ। अनि घरसर बनाउने काममा ठेकेदारहरूको काम पनि गर्छ। त्यसरी उसले एक पेट खान लाउन पुर्याएर पनि दिलमायाको नाक, कान, घाँटीमा एकसरो सुन पनि भिर्दिन सकेको छ। दिलमाया पनि गाउँका ठूला ठालुका धन्दा चुलो गरेर केही न केही आर्जन गर्छे।

यसपल्ट बिर्खेले ठेकेदारबाट झण्डै एक महिनादेखिको ज्याला पाएको छैन। त्यसैले उसको भण्डारमा फाँकमुठी पनि छैन। त्यसैले ऊ ज्याला उठाउन गएको फर्केको छैन। दिलमाया आफ्नै करेसाबारीबाट तिहुन ल्याएर केलाउन लागेकी छ। सानो छोरो भुन्टे भोक लाग्यो भनेर रोर्याइँ गरिरहेको छ। 'आमा भात किन नपका– हाम्लाई भोक लाग्यो भन्या भात दिनु हाम्लाई।'

साँझ पर्न लागिसकेको छ। बिर्खबहादुर यतिखेरसम्म पनि आएको छैन। दिलमाया च्याँठिन्छे, 'भोक लागे म के गरौँ त? बा पैसा उठाउन जानुभा’छ। पसलबाट चामल, पीठो, नुन, तेल, मसला ल्याउनुहुन्छ। अनि पकाउँला।'

तर, भुन्टे कराउन छोड्दैन। केटाकेटी हो, उसलाई घरमा केही छैन भन्ने के थाहा। उसको बिलविलाउदो मुख हेरेर दिलमाया भित्रभित्रै कल्पिन्छे। अनि त्यसैबेला झोलामा सामल बोकेर बिर्खबहादुर भित्र पस्छ। दिलमाया झोलाको सामान हेरेर असन्तुष्ट स्वरमा भन्छे, 'यति मात्रै– दुई तीन दिनलाई पुग्दैन।'

के गर्ने हेर न त्यो मोरो राणा बाउ ठेकदारले पूरा पैसै दिएन। हजारवटा रुपियाँ फालिदियो। पैसा बाँकी छ। एक मन त त्यो पैसा त्यसैको मुखमा हिर्काएर आऊँ जस्तो लागेको थियो। तर, यो भुन्टेको पिलपिलाउदो अनुहार सम्झेँ। अनि पाँच सयको सामल ल्याएँ, दुई चार दिनलाई भए नि पुग्छ भनेर। पाँचोटा सयचैँ पैसै ल्याएको छु। केही परिहाल्ला भनेर 'लौ ला, राख।' बिर्खबहादुर जगमा पानी लिएर हातगोडा धुन भनेर बाहिर निस्क्यो। केहीबेरपछि हातगोडा धोएर भित्र पस्यो।

'आमा हाम्लाई भोक लाग्यो भन्या, भात दिनु।' सानो भुन्टे रोड्याइ गरेको गर्यौ थियो। बिर्खबहादुरले ठीटलाग्दो गरी उसको मुख हेरेर भन्यो, 'ए झट्टै भात पका न त। मलाई पनि भोकले खरो भैरा’छ।'

Ncell 2
Ncell 2
nimb
nimb

दिलमायाले टुकी बाली। अनि भान्छाको सार्दाम ठीक गरेर दमचुली (स्टोभ) सल्काएर भात बसाली। तिहुन पहिले नै पकाएर झिकी। भात छड्कन थाल्यो। बाहिर रात निकै छिप्पिइसकेको थियो। त्यसैबेला ढोका घर्याक्क खोलेर दुई जना बन्दुके भित्र पसे। चाइँचुइँ केही नगरी एउटाले बिर्खबहादुरलाई लडाएर घाँटीमा खुकुरी तेर्स्यायो, 'तैँ होइनस् हाम्रो सुल्सुले लाग्यो?'

'होइन के गरेको तिमरुले– को हौ तिमरु?' दिलमाया आतेसले चिच्याउन थाली। बाबुलाई लडाएको, आमा चिच्याएको देखेर सानो भुन्टे अताल्लिएर रुन थाल्यो। अर्को चाहिले उसलाई सातो खायो। भुन्टे डरले चुप लागेर ओछ्यानमा घुस्य्रो।

'पापी राक्षस हो। एउटा खाली हातको मान्छेलाई अत्तेचार गर्दैछौ? मर्द हौ भने आओ मसँग जुध्न,' दिलमाया नजिकैको खुर्पा उझाउँदै रणचण्डीझैँ गर्जदै उनीहरूतिर झम्टिछे। तर, अर्को चाहिँले उसको खुर्पा समातेको हात समातेर बेस्सरी बटार्यो। खुर्पा भुइँमा खस्यो। यतिञ्जेलसम्म पछिल्लोले बिर्खबहादुरको घाँटी कसाइले राँगो बोको रेटेझैँ रेटेर टाउको छुट्याइसकेको थियो। मझेरीमा रगतको ताल बनिसकेको थियो।

दोस्रो चाहिँले दिलमायालाई जकडेर विवश तुल्याएर भित्तामा अचेटेको थियो। यसले पहिलोलाई सम्बोधन गरेर कुत्सित पाराले भन्यो, 'कसो, भाइ यसले त मर्द खोजेकी जस्ती छ नि– दिऊ यसलाई मर्द?'

Xtrem

Xtrem

'ठीकै छ। यस्ता बराठसँग कुस्ती खेल्नु मजै हुन्छ,' पहिलोले त्यही किलामा झुन्डिएको पुरानो लुँगीले रगतले भिजेको खुकुरी पुछ्तै भन्यो।

अनि दुवैले दिलमायालाई हात बाँधेर मुखमा कपडाको बुझो कोचेर मझेरीमा लडाए। दुवैले पालैपालो आफ्नो पाशविक यौनतृष्णा मेटे। सानो पुन्टे सातो गएर एउटा प्लास्टिकको निर्जीव पुतलीझैँ भएर हेरिरहेको थियो।

आफ्नो पशुक्रीडा सकेर दुवै उठे। अनि कुत्सित हाँसो हास्दै अश्लील पाराले पहिलोले भने, 'भाइ, यो बराठ आइमाइसँग कुस्ती खेल्दा भोक पनि लाग्यो। केही खान पाए।'

'हो, मलाई पनि भोकले तालाबाला खेलाएको छ। हिजोदेखि यही सफाइ दौडमा कुद्दाकुद्दा एक मुठी अन्न पनि पेटमा पर्या होइन हेर न, यसो केही पाइन्छ कि!' दोस्रोले भन्यो।

दुवै मिलेर खानेकुरो खोज्न थाले। पहिलोको आँखा भान्छाको भातको कसौडीमा पर्‍यो। उसले खुसीको स्वरमा भन्यो, 'भाइ कसौडीमा भात छ जस्तो छ नि। हेर हेर!'

दोस्रोले दमचुलीबाट कसौडी उतारेर हेर्‍यो, अनि चहकिँदै भन्यो, 'रे’छ भाइ भात त, भर्खरै पकाएको, तात्तातै छ। स्टोभ पनि भर्खरै निभेको जस्तो छ। ए, यहाँ तिहुन पनि रहेछ। लौ थालौँ। पेट पूजा गर्न।'

दुई लास र रगतको तालबीच दुवै हिंस्रक जनावरहरूले आफ्नो हृदयहीन, पशुभोज मनाए। अनि जाने तरखर गर्दै दिलमायाको अचेत शरीरतिर हेरेर दोस्रोले सोध्यो, 'यसलाई के गर्ने– यतिकै छोडिदिने?'

'किन छोड्ने त्यसै बोल्ने जोखिमलाई– पुर्‍याइदिने उसको लोग्ने गएको ठाउँमा,' पहिलोले क्रुर स्वरमा भन्यो। अनि काँधबाट बन्दुक उतारेर अचेत शरीरमा गोली हानेर पूर्णामृत तुल्याइदियो। त्यसपछि बाहिर निस्किएर अँध्यारोमा हराए।

अँध्यारो रातको बीभत्स नाटकको पहिलो यवनिका पतन भयो।

अनि फेरि दोस्रो दृश्यको पर्दा उठ्छ।

भित्र उही पहिलो पर्दाकै दृश्य छ। त्यसैबेला अर्का दुइटा बन्दुकधारी दृश्यमा पस्छन्। ती पनि पहिलेकै जस्तो फौजी पोसाकमा छन्। काँधमा बन्दुक छ। भित्रको त्यो बीभत्स दृश्य देखेर दुवै जना एकछिन अलमल्ल पर्छन्। अनि एउटाको बक फुट्छन्, 'ए जोडा, यहाँ यो हत्याकाण्ड मच्चाएर ती आतङ्ककारी त फुरुर उडिसकेछन्। हामी त आज पनि ढिला भएछौँ। सधैँ हामी अपराधीभन्दा चार पाइला पछाडि नै पर्छौँ। मरेपछि ओखती भन्याजस्तो।'

'गर्ने के त यार आदेश नै ढिलो गरी पाउछौँ। माथिका आदेश दिनेहरू आफ्नै मोजभोजमा मस्त भएर सबै कुरा बिर्सिन्छन्। अनि माझीको सल्लाहले सय घर डुबिसक्यो भन्याझैँ सबै हुने कुरा भैसकेपछि हुकुमको गोली दाग्छन्, लौ फलानो ठाउँमा हमला हुँदैछ रे। कुदिहाल कारबाहीमा। कति सजिलो,' दोस्रोले भन्यो।

त्यै त। हाम्रो मात्र ज्यानै नभएजस्तो। रातदिन डाँडाकाँडा भीर पाखा कुद्नु छ, खान र पिउनको नाउँमा एक पुरिया बिस्कुट, एक पुरिया चाउचाउ छ। अनि हामीलाई पनि त थकाइ लाग्छ, अल्छी लाग्छ। अनि भर्स परोस् भनिन्छ।'

'हो भन्या हिजोदेखि त्यही एक पाकेट चाउचाउ, एक पुरिया बिस्कुट र एक तुम्लेट पानीको भरमा कुदिया’ छ। मलाई त यति उखर्माउलो भोक लाग्या छ, ढुङ्गो पाए पनि पचाउला भएको छ।' अर्कोले भन्यो, 'घर तन्नमजस्तो छ। यस्ता तन्नमहरूलाई पनि किन यसरी हत्या गरेका होलान्– यस्ताले कसैको के बिगार गरे होलान् र?'

'होला केही वैरभाव भैगो छोडिदे। बरु कतै केही छ कि यसो आन्द्रासम्म उकास्न। मलाई भोकले तोरीको फूल देखायो,' दोस्रोले भन्यो। अनि त्यो दुइटा बीभत्स लास, त्यो रगतको अहाल सबै कुरालाई त्यत्तिकै बेवास्ता गरेर त्यहा धुइधुइती छामछाम छुम गर्न थाले। एक जना हातको चोर बत्ती (टर्चलाइट) बालेर भित्री कोठातिर गयो। अर्को त्यही टुकीको बत्ती उठाएर धुइपताल गर्न थाल्यो।

'ए एक जोडा बाहिर हेर हेर यहाँ कसौडीमा अलि कति भात रहेछ। तिहुन पनि रहेछ, कसैले खाएर छोडेको। तैँले के भेटिस् त्यहाभित्र?' पहिलोले कराएर भन्यो। दोस्रोले भित्रबाट निस्किदै भन्यो, 'त्यहाँ त केही पनि छैन। घ्याम्पाघैटा रित्तै छन्। केही थाङ्नाथरा छन्, त्यति हो।'

'यहाँ अलिकति भए पनि भात रहेछ। अलिअलि भए पनि बाडीचुडी खाऊँ आइज। एउटा आन्द्रै मात्रै भए पनि भरिएला,' पहिलोले भन्यो। अनि दुवै जनाले बाडीचुडी कसौडीको भात सोरसार पुछपाछ गरेर खाए। हातसात धोएर जान भनेर उठे। तर, पहिलोको आँखा दिलमायाको नाक, कानका फूली, रिङ र घाँटीको तिलहरीमा परे। उसले चहर्किंदै भन्यो, 'जोडा यस मुर्दाको घाँटीमा, नाककानमा यी सुनका गहनाको के काम– हामीलाई बेचबाच गरेर दुईचार दिन मैच्याङको भट्टीमा रमाउन त हुन्छ। फेरि हामीलाई दोष लाग्ने पनि त होइन। जङ्गलीहरूले मारेर नाक, कान, घाँटी पनि रित्याएर गएछन् भनिहाल्छन्।'

अनि दुवैले मिलेर दिलमायाको लासबाट कति पनि धक र सङ्कोच नमानी ती सुनहरू झिकेर हिँड्न तरखराए। तर, एक्कासि अर्कोको आँखा दिलमायाको धोतीको सक्कोमा बाँधेको गाँठोमा पर्‍यो। उसले खसखसिएर त्यो गाँठो फोएर हेर्‍यो, बिर्खबहादुरले साँझ स्वास्नीलाई दिएको पाँच सयको नोट थियो। उसले चहकिएर साथीलाई भन्यो, 'जोडा! यहाँ एउटा पाFच सयको नोट पनि रहेछ।'

'खोइखोइ?' अर्कोले त्यो नोट उसबाट झण्डैझण्डै खोसेझै गरी लिए भन्यो, 'वा जे होस्, आजको दिनचाहि छुकै परेको रहेछ लौ।'

अब त्यहाँबाट जान तर्खराउँदै एउटाले भन्यो, 'जोडा भात त तातै थियो। हत्याराहरू भर्खरै निस्केका जस्ता छन्, धेरै पर पुगेका छैनन् होला। अलि छिटो गए भेट्न सकिन्छ। हिँड झट्टै।' एउटाले हतार लगायो। अर्कोका आँखा ओछ्यानमा दुम्किएर अत्यन्त त्रसित र भयभीत सातो उडेझैँ आँखाले त्यस नाटकका दारुण, बीभत्स दृश्य हेरिरहेको सानो दर्शक पुन्टेमाथि परे। उसले सोध्यो, 'जोडा यहाँ एउटा पिउसो रहेछ, यसको के गर्ने?'

'के गर्नु अब। घाँटीमा घटेसी बनाएर झुन्ड्याएर हिँड्नुभएन। छोडिदिने यतिकै। भोलि बिहान कसैले आएर देख्लान्। अनि कोही नातेदार भए जिम्मा लाइदेलान्, नभए कुनै टुहुराहरूको बालघरमा लगेर राखिदेलान् हिँड,' अर्कोले भन्यो र दुवै त्यहाँबाट निस्केर अँध्यारोको खोकिलामा हराए।

यहाँ यसरी एउटा बीभत्स नाटकको मञ्चन भयो। तर, त्यस नाटकका दर्शक कोही थिएनन्, खालि एउटा सातो गएर संज्ञाहीनझैँ भएको सानो पुन्टेका दुई निरीह निर्दोष आँखाहरू मात्र थिए।

दोस्रो प्रहरको रात बाहिर डरलाग्दो गरी चकमन्न थियो। त्यस चकमन्नतालाई घरिघरि पर गाउँ माझका गल्लीहरूमा भौतारिने भुस्याहा खिच्चाहरूले रोएको हुहु स्वरले भत्काउँथ्यो। अनि बेलाबेलामा ज्यादै उराठलाग्दो गरी लाटोकोसेरो र अरू रात्रि चराहरूका कर्कश स्वरले रातको त्यो शून्य अध्यारो आकाशको विस्तृत छातीलाई चिर्दै दिगन्तमा गुज्थ्यो, 'किर्रकिर्र किरिरिर्र। हुँ हुँ हुँ हुँ .. ह्वाँ ह्वाँ।' यिनै स्वरहरूका माझ त्यहा एउटा अर्को स्वर थपियो, 'द्वाङ द्वाङ धडाम्...'

यस स्वरले भने त्यहाँ गाउँ र बजारमा यतिखेरसम्म पनि जागा बसेकाहरूको मुटुको चाल बन्द गरायो। सबैका झ्‍याल ढोकाहरू बन्द भए ढ्यामढुम ढ्यामढुम। अलि त्यसको दोस्रो दिन मध्याह्नको सबैजसोले एफएम रेडियोमा महिला खबर वाचिकाको जीवनहीन स्वर गुज्यो, 'गएराति पश्चिमाञ्चलको राजधानी नजिकैको एउटा सानो गाउँमा केही जङ्गलबाट आएका बन्दुकधारीहरूले त्यही सानो गाउँको पुछारमा छाप्रो बनाएर बसको ज्याला मजदुरी गरेर खाने दुई लोग्ने स्वास्नीलाई आधारातमा घरमा पसी बीभत्स हत्या गर्नुका साथै भएका धनमाल र महिलाका नाक, कान, घाँटीका सुनको गहनासमेत लिएर फरार भए। घटनास्थलमा एउटा सानो तीन चारवर्षे बालक लगभग संज्ञाहीन अवस्थामा भेटिएर उसलाई बालघरमा बुझाइएको। पछि गस्तीमा गएका सुरक्षाकर्मीहरूसँगको भीडन्तमा लुटेराहरूमध्ये दुईजना बन्दुकधारीहरू पनि मारिएका हाम्रा स्थानीय संवाददाताले बताएका छन्। अहिलेलाई म मेरा सहकर्मीलाई यतिकैमा बिदा दिनुहोस्। पछि यस्तैयस्ता खबर लिएर फेरि उपस्थित हुनेछौँ। नमस्कार, जय नेपाल।'

यो खबर रेडियो, एफएम, टेलिभिजन र स्थानीय राष्ट्रिय पत्रपत्रिकाले फूल जडीजडी प्रसार गरेपछि जनमानसमा एउटा आतङ्कको सृजना भयो। के पत्तो, समाचार वाचकले अर्को हत्या र हिंसाको खबर वाचन गर्ने बेलासम्म आफैँ पनि त्यसको सिकार बनिने हो कि?

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्