काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ।
नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिट्यान्स) प्राप्त गर्ने ग्राहकलाई लक्षित गरी सेञ्चुरी रिकरिङ मुद्दती र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता सञ्चालनमा ल्याएको छ।
न्यूनतम १ हजार रुपैयाँमै खोल्न सकिने र खातामा क्रमिक रुपमा थप रकम जम्मागर्न सकिने बैंकले जनाएको छ। सेञ्चुरी रिकरिङ मुद्दतीमा खाता खोल्दाकै बखतको व्याज दर प्रदान गरिनेछ भने सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले प्रकाशित गरेको मुद्धती निक्षेप अनुरुपको ब्याज प्रदान गरिनेछ। सेञ्चुरी बैंकका सम्पूर्ण शाखामार्फत खाता खोल्न सकिने बताइएको छ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।