काठमाडौं– लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबिच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ।
लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र आईसीआईसीआई बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जनकुमार थापाले सोसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरेका थिए।
उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै क्यूआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने बताइएको छ।
साथै यो सम्झौताले दुई बैंकबीच मानव संसाधन, प्रविधि र सञ्चालनलगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।