काठमाडौं– नेपालका लागि यामाहाका बाइक तथा स्कुटरको आधिकारिक वितरक यामाहा नेपालले नयाँ वर्षका अवसरमा आकर्षक उपाहार र सुविधायुक्त योजना सार्वजनिक गरेको छ।
यसैक्रममा आफ्ना ग्राहक र समर्थकको सुविधाका लागि एमएडब्लु इन्टरप्राइजेजले ‘२०७९×१००० गुणाले खुसी बढाउनुहोस्’ अफर सार्वजनिक गरेको हो।
योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनै पनि सवारी साधन खरिद गर्दा स्योरसट २०७९×४= ८ हजार ३१६ देखि २०७९×१००= २ लाख ७ हजार ९०० रुपियाँसम्म नगद पुरस्कार जित्न सक्नेछन्। त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले २०७९×१०००= २० लाख ७९ हजार रुपियाँ जित्न सक्नेछन्।
यामाहाका बाइक र स्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक शोरूमबाट खरिदपश्चात् यस अफरमा भाग लिन पाउनेछन्। कम्पनीका अनुसार ग्राहकहरू यामाहाको आधिकारिक वेबसाइटमा यामाहाले दैनिक रूपमा खेलाउने डिजिटल ज्याकपटमा सहभागी भई उल्लिखित नगद उपहार जित्न सक्नेछन्।
‘ग्राहकहरूको सन्तुष्टि र खुसी नै यामाहा नेपालका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो। आफ्ना ग्राहकलाई खुसी बनाउन यामाहा नेपालले कुनै पनि कसर बाँकी नराख्ने र उपहारका नाममा यति ठूलो नगद राशि वितरण गरिएको सम्भवतः यो नेपालकै पहिलो र अहिलेसम्मकै ठूलो उपहार हो,’ यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले बताए ।
यो अफर चैत ६ गतेबाट सुरु भएको योजना जेठ पहिलो हप्तासम्म चल्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।