• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रतिशोध लिने सम्भावना छ, तर आउँदो पुस्ताका लागि पनि अदालत गुहारेका हौं: डीआईजी कार्की

64x64
नेपाल लाइभ बिहीबार, चैत १७, २०७८  १६:४५
1140x725

काठमाडौं– यसपटक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा प्रकरण उजुरी सुन्ने समितिदेखि न्यायालयसम्म पुगेको छ। 

चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो।

तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए। 

उक्त उजुरीमाथि कारबाही गर्दै लोक सेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई नै सदर गरेको थियो। त्यसपछि सरकार (मन्त्रिपरिषद्‌ले)ले सिफारिसमा परेका तीनै डीआईजीलाई एआईजीमा बढुवा निर्णय गरेको थियो। सरकारको निर्णयसँगै उनीहरुले एआईजीको फुली समेत लगाइसकेका छन्।  

यता बढुवा छुटेकाहरु भने सर्वोच्च अदालतसम्म पुगेका छन्। सर्वोच्चमा उनीहरुले आज (बिहीबार) नै रिट दायर गरेका छन्। रिट दायर गर्ने मध्येका डीआईजी ईश्वरबाबु कार्कीले अदालतमा पुग्नुपर्ने अवस्थाबारे केही विषय खुलाएका छन्। आउँदो पुस्ताको वृत्तिविकासका लागि रिट दायर गर्नुपरेको उनको भनाइ छ। साथै एआईजी बढुवाविरुद्ध गरेको उजुरीउपर प्रतिशोधको बदला लिने सम्भावना समेत उनले खुलाएका छन्। 

सामाजिक सञ्जाल ट्वीटरमार्फत्उ नले उजुरी हाल्नुपर्नको कारणदेखि अनेक विषय खुलाएका छन्।

यसो भन्छन् कार्की:
धेरै समयपछि आज केही लेख्दैछु, समय कत्तिको उपयुक्त हो थाहा छैन। मेरालागि व्यक्तिगत र पारिवारिक रुपमा यो वर्ष सुखद् रहेन्। हुन त देश, राज्य र ब्रह्माण्ड नै सुखद् नरहेको हाम्रा लागि मात्र कसरी अनुकुल हुन सक्थ्यो र!

कुरा अब वर्तमानको गरौं। सामाजिक संजालहरुमा मेरो उपस्थिति लामै समयदेखि छ। आफ्ना निजी कुराहरु अनि समसामयिक विषयमा हल्काफुल्का टिप्पणी, व्यंग आदी माध्यमबाट। यसलाई म आफैंले कहिल्यै आफ्नो पेसासँग जोड्ने प्रयास गरिन्। तर आज पहिलोपटक मैले व्यावसायिक पाटो उप्काउँदै छु। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारी सेवामा कार्यरत मैले यसपटकको बढुवामा आफ्नो नाम नपर्दा गरेका उजुरीबारे लगभग सबैजसो नाम चलेका छापा/अनलाइनहरुमा आए। समाचारका कतिपय कुराहरु तथ्यगत थिए भने कतिपय अनुमानित। तर, सन्तोष केमा रह्यो भने बिना प्रभाव पनि सकारात्मक समाचार आउँदा रहेछन् भन्ने मेरो निजी धारणाको विकास भयो।

मेरो उजुरी रोक्न यो किन? के का लागि? भनेर आग्रह, पूर्वाग्रह र दुराग्रह मिश्रित प्रश्नहरु तेर्सिए, अझ कतिपय त आजपर्यन्त भेट नभएका सुत्रहरुले समेत भेट्ने प्रयास गरे। २९ वर्षको सेवापछि स्वतः प्राप्त गर्नुपर्ने प्रतिफलबाट बिमुख म जस्तासँग भविष्यमा आउन सक्ने ‘अवसर’को बारेमा बिमर्श गर्दै गर्दा त एकछिनका लागि निकै ठूलै मानिस पो भइएछ कि भनेर भ्रममा रमाइयो पनि।

अर्कोतिर ‘खै कुन्नि के के लगाएर’ ठेगान लगाइदिने सम्मको कुरा आए।

मेरो उजुरी कर्मचारी जीवनको एउटा सामान्य प्रक्रिया हो। त्यसैले म यसलाई ग्लोरिफाई गरेर ‘लडाइँ’ भन्ने पक्षमा छैन। यो कुनै अमुक व्यक्ति/संस्था/सरकार लक्षित विरोध होइन, हुन सक्दैन। बरु यसक्रममा मलाई न्याय दिन प्रयास गर्नेहरुप्रति आभारी छु। त्यसैले यसको अतिरंजनामा पनि मेरो बिमति छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसबीच मलाई गोटी बनाएर खेल्न खोज्ने पात्रहरु पनि बग्रेल्ति भेटिए, तर तिनका उत्तेजित गर्ने प्रयासहरुलाई सहज रुपमा अस्विकृत गरियो। तथापि यसलाई कसैले गलत रुपमा परिभाषित गर्छ र बुझ्छ भने त्यसको जिम्मेवारी मैले लिन सक्दिन। मेरो जिकिर केवल आफूले न्याय पाउनुपर्छ भन्ने मात्र हो।

अनि यो उजुरी अहिले नै किन? भन्ने प्रश्न पनि नतेर्सिएको हैन। यसका लागि रातो कार्ड दिएर बाँकी खेल हेर्न नदिने मात्र हैन कि मैदानमै बस्न नदिने जस्ता ‘नियम र रेफ्री’को व्यवस्थाबारे ‘वैशाख १९’ पछि बिबेचना गरौँला। अहिलेलाई सेवाकालको उत्तरार्धमा गुमाउन केही नरहेपछिको कदम मात्र हो यो।

मैले केही दिन अघि ट्विटरमा एउटा पोल गरेको थिए,‘अन्तिम आशा त न्यायालय कै रह्यो, हेरौँ! जाम कि नजाम?’

थोरै फलोवर भएपनि ८३५ ले जानुपर्छ भनेकाले पनि मलाई नैतिक बल पुग्यो। तर न्यायालय पुग्नु अघिको विद्यमान नियम र कार्यविधिको जटिलतालाई पनि पार गर्नैपर्ने बाध्यता रहेछ।

मलाई थाहा छ, नकारात्मकताउन्मुख हाम्रो परिवेशमा धेरैले मेरा कुरालाई ‘फ्रस्ट्रेसन वा कुण्ठा’को रुपमा तामेली गर्ने देखि ‘भिलेनाइज’ गर्न पनि पछि पर्ने छैनन्। अनि त्योभन्दा एक कदम अघि बढेर प्रतिशोध लिने सम्भावना पनि त्यत्तिकै देख्दैछु। संस्थागत रुपमा दिनसक्ने दु:खको त अझ कुरै नगरौं।

तर, केही छैन। आउँदो पुस्ताको वृत्तिविकासमा कलम चोप्ने क्रममा ‘फलानोले जस्तो गर्छन् कि?’भनेर यो प्रकरणले चीर निन्द्रामा मस्त ‘विवेक’लाई झस्काउने सम्मको काम गर्छ कि भन्ने ‘सपना’ देखेको छु।

अन्तमा, बिषयवस्तुले आज न्यायालय प्रवेश गरेकाले यसको निर्क्यौल नहुन्जेल अब उप्रान्त म यस विषयमा सार्वजनिक टिप्पणी गर्ने छैन।

धेरै समय पछी आज केही लेख्दैछु, समय कत्तिको उपयूक्त हो थाहा छैन ।

मेरो लागी व्यक्तिगत/ पारिवारिक रुपमा यो बर्ष सुखद रहेन । हुन त देश, राज्य र ब्रम्हाण्डलाई नै सुखद नरहेको हाम्रा लागि मात्र कसरी अनुकुल हुन सक्थ्यो र !
१

— Ishwar Babu Karki (@ibkarki) March 31, 2022

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्