• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रतिशोध लिने सम्भावना छ, तर आउँदो पुस्ताका लागि पनि अदालत गुहारेका हौं: डीआईजी कार्की

64x64
नेपाल लाइभ बिहीबार, चैत १७, २०७८  १६:४५
1140x725

काठमाडौं– यसपटक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा प्रकरण उजुरी सुन्ने समितिदेखि न्यायालयसम्म पुगेको छ। 

चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो।

तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए। 

उक्त उजुरीमाथि कारबाही गर्दै लोक सेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई नै सदर गरेको थियो। त्यसपछि सरकार (मन्त्रिपरिषद्‌ले)ले सिफारिसमा परेका तीनै डीआईजीलाई एआईजीमा बढुवा निर्णय गरेको थियो। सरकारको निर्णयसँगै उनीहरुले एआईजीको फुली समेत लगाइसकेका छन्।  

यता बढुवा छुटेकाहरु भने सर्वोच्च अदालतसम्म पुगेका छन्। सर्वोच्चमा उनीहरुले आज (बिहीबार) नै रिट दायर गरेका छन्। रिट दायर गर्ने मध्येका डीआईजी ईश्वरबाबु कार्कीले अदालतमा पुग्नुपर्ने अवस्थाबारे केही विषय खुलाएका छन्। आउँदो पुस्ताको वृत्तिविकासका लागि रिट दायर गर्नुपरेको उनको भनाइ छ। साथै एआईजी बढुवाविरुद्ध गरेको उजुरीउपर प्रतिशोधको बदला लिने सम्भावना समेत उनले खुलाएका छन्। 

सामाजिक सञ्जाल ट्वीटरमार्फत्उ नले उजुरी हाल्नुपर्नको कारणदेखि अनेक विषय खुलाएका छन्।

यसो भन्छन् कार्की:
धेरै समयपछि आज केही लेख्दैछु, समय कत्तिको उपयुक्त हो थाहा छैन। मेरालागि व्यक्तिगत र पारिवारिक रुपमा यो वर्ष सुखद् रहेन्। हुन त देश, राज्य र ब्रह्माण्ड नै सुखद् नरहेको हाम्रा लागि मात्र कसरी अनुकुल हुन सक्थ्यो र!

कुरा अब वर्तमानको गरौं। सामाजिक संजालहरुमा मेरो उपस्थिति लामै समयदेखि छ। आफ्ना निजी कुराहरु अनि समसामयिक विषयमा हल्काफुल्का टिप्पणी, व्यंग आदी माध्यमबाट। यसलाई म आफैंले कहिल्यै आफ्नो पेसासँग जोड्ने प्रयास गरिन्। तर आज पहिलोपटक मैले व्यावसायिक पाटो उप्काउँदै छु। 

nimb
nimb
Ncell 2
Ncell 2

सरकारी सेवामा कार्यरत मैले यसपटकको बढुवामा आफ्नो नाम नपर्दा गरेका उजुरीबारे लगभग सबैजसो नाम चलेका छापा/अनलाइनहरुमा आए। समाचारका कतिपय कुराहरु तथ्यगत थिए भने कतिपय अनुमानित। तर, सन्तोष केमा रह्यो भने बिना प्रभाव पनि सकारात्मक समाचार आउँदा रहेछन् भन्ने मेरो निजी धारणाको विकास भयो।

मेरो उजुरी रोक्न यो किन? के का लागि? भनेर आग्रह, पूर्वाग्रह र दुराग्रह मिश्रित प्रश्नहरु तेर्सिए, अझ कतिपय त आजपर्यन्त भेट नभएका सुत्रहरुले समेत भेट्ने प्रयास गरे। २९ वर्षको सेवापछि स्वतः प्राप्त गर्नुपर्ने प्रतिफलबाट बिमुख म जस्तासँग भविष्यमा आउन सक्ने ‘अवसर’को बारेमा बिमर्श गर्दै गर्दा त एकछिनका लागि निकै ठूलै मानिस पो भइएछ कि भनेर भ्रममा रमाइयो पनि।

अर्कोतिर ‘खै कुन्नि के के लगाएर’ ठेगान लगाइदिने सम्मको कुरा आए।

मेरो उजुरी कर्मचारी जीवनको एउटा सामान्य प्रक्रिया हो। त्यसैले म यसलाई ग्लोरिफाई गरेर ‘लडाइँ’ भन्ने पक्षमा छैन। यो कुनै अमुक व्यक्ति/संस्था/सरकार लक्षित विरोध होइन, हुन सक्दैन। बरु यसक्रममा मलाई न्याय दिन प्रयास गर्नेहरुप्रति आभारी छु। त्यसैले यसको अतिरंजनामा पनि मेरो बिमति छ।

यसबीच मलाई गोटी बनाएर खेल्न खोज्ने पात्रहरु पनि बग्रेल्ति भेटिए, तर तिनका उत्तेजित गर्ने प्रयासहरुलाई सहज रुपमा अस्विकृत गरियो। तथापि यसलाई कसैले गलत रुपमा परिभाषित गर्छ र बुझ्छ भने त्यसको जिम्मेवारी मैले लिन सक्दिन। मेरो जिकिर केवल आफूले न्याय पाउनुपर्छ भन्ने मात्र हो।

अनि यो उजुरी अहिले नै किन? भन्ने प्रश्न पनि नतेर्सिएको हैन। यसका लागि रातो कार्ड दिएर बाँकी खेल हेर्न नदिने मात्र हैन कि मैदानमै बस्न नदिने जस्ता ‘नियम र रेफ्री’को व्यवस्थाबारे ‘वैशाख १९’ पछि बिबेचना गरौँला। अहिलेलाई सेवाकालको उत्तरार्धमा गुमाउन केही नरहेपछिको कदम मात्र हो यो।

मैले केही दिन अघि ट्विटरमा एउटा पोल गरेको थिए,‘अन्तिम आशा त न्यायालय कै रह्यो, हेरौँ! जाम कि नजाम?’

थोरै फलोवर भएपनि ८३५ ले जानुपर्छ भनेकाले पनि मलाई नैतिक बल पुग्यो। तर न्यायालय पुग्नु अघिको विद्यमान नियम र कार्यविधिको जटिलतालाई पनि पार गर्नैपर्ने बाध्यता रहेछ।

मलाई थाहा छ, नकारात्मकताउन्मुख हाम्रो परिवेशमा धेरैले मेरा कुरालाई ‘फ्रस्ट्रेसन वा कुण्ठा’को रुपमा तामेली गर्ने देखि ‘भिलेनाइज’ गर्न पनि पछि पर्ने छैनन्। अनि त्योभन्दा एक कदम अघि बढेर प्रतिशोध लिने सम्भावना पनि त्यत्तिकै देख्दैछु। संस्थागत रुपमा दिनसक्ने दु:खको त अझ कुरै नगरौं।

तर, केही छैन। आउँदो पुस्ताको वृत्तिविकासमा कलम चोप्ने क्रममा ‘फलानोले जस्तो गर्छन् कि?’भनेर यो प्रकरणले चीर निन्द्रामा मस्त ‘विवेक’लाई झस्काउने सम्मको काम गर्छ कि भन्ने ‘सपना’ देखेको छु।

अन्तमा, बिषयवस्तुले आज न्यायालय प्रवेश गरेकाले यसको निर्क्यौल नहुन्जेल अब उप्रान्त म यस विषयमा सार्वजनिक टिप्पणी गर्ने छैन।

धेरै समय पछी आज केही लेख्दैछु, समय कत्तिको उपयूक्त हो थाहा छैन ।

मेरो लागी व्यक्तिगत/ पारिवारिक रुपमा यो बर्ष सुखद रहेन । हुन त देश, राज्य र ब्रम्हाण्डलाई नै सुखद नरहेको हाम्रा लागि मात्र कसरी अनुकुल हुन सक्थ्यो र !
१

— Ishwar Babu Karki (@ibkarki) March 31, 2022

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्