काठमाडौं- शाओमीले आफ्नो फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ।
प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याइएको हो।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पाण्डाले भने, “नयाँ–नयाँ प्रविधी र नयाँ–नयाँ फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि हामी सँधै टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित छौँ। यसै सिलसिलालाई निरन्तरता दिँदै हामीले हाम्रो फ्ल्यागशिप शाओमी १२ प्रो लन्च गरेका छौँ, आशा छ यहाँहरुले यसलाई मन पराइदिनुहुनेछ।”
शाओमी १२ प्रोबाट स्तरीय फोटो खिच्न सकिने कम्पनीले जनाएको छ। यसबाट ८के सम्मको भिडियोहरु रेकर्ड गर्न सकिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।