काठमाडौं- टर्किश एयरलाइन्ससँगको सहकार्यमा ग्लोकल आफ्टर स्कुलले आयोजना गरेको अनसाइट आर्ट प्रतिस्पर्धा उर्मिला थापाले जितेकी छिन्।
‘फ्लाइङ विथ टर्किश एयरलाइनसः ड्रिम डेस्टिनेसन’ भन्ने नारामा आयोजित स्किल फेस्टमा यो प्रतिस्पर्धा आयोजना भएको थियो।
थापा काठमाडौं मोडेल कलेजकी विद्यार्थी हुन्। उनले प्रतिस्पर्धामा जितसँगै टर्किश एयरलाइनसबाट काठमाडौं–जर्मनीबाट राउन्ड टिकेट हात पारेकी छिन्।
उनले आफ्नो सपनाको गन्तव्य जर्मनीलाई आर्टमा प्रस्तुत गरेकी थिइन्। उनीसँगै २० अन्य युवा कलाकारले प्रतिस्पर्धामा भाग लिएका थिए।
थापालाई एयरलाइन्सका महाप्रबन्धक अब्दुल्लाह टंकर केसेकीले पुरस्कार हस्तान्तरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।